back
CTIZAN AD

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

वि.सं.२०८२ फागुन ५ मंगलवार

1K 

shares

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर उकास्ने उद्देश्यले लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले ठुलो राशिको छात्रवृत्ति घोषणा गरेको छ। ‘राष्ट्रिय सूचना प्रविधि आइसिटी छात्रवृत्ति पुरस्कार २०८२’ अन्तर्गत ५९ जना विद्यार्थीलाई कुल २ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने भएको हो।

यस सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट अध्यक्ष नबिना खत्री कार्की र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जालानले हस्ताक्षर  गरेका छन् ।

को-को हुनेछन् लाभान्वित ?

यो छात्रवृत्ति कार्यक्रमले विशेष गरी नेपाल प्रहरीमा हाल सेवारत कर्मचारी, अवकाशप्राप्त प्रहरी कर्मचारीका परिवार, अमर एवं अशक्त प्रहरी कर्मचारीका आश्रित सदस्यहरू समेटिने छन् ।

यस कार्यक्रममा महिला (छात्रा) लाई विशेष प्राथमिकता दिइएको छ। सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न चाहनेहरूले पूर्ण तथा आंशिक छात्रवृत्ति पाउनेछन्।

छात्रवृत्तिका विधा र सुविधाहरू लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले विभिन्न श्रेणीमा छात्रवृत्ति विभाजन गरेको छ । जसमा महिला मेधावी छात्रवृत्ति ‘सरस्वती’ (१०० प्रतिशत), ‘लक्ष्मी’ (५० प्रतिशत) र ‘दुर्गा’ (३० प्रतिशत) छुट रहेकाे छ ।

यस्तै खुला मेधावी छात्रवृत्ति तर्फ ‘शक्ति’ (५० प्रतिशत) र ‘साथी’ (३० प्रतिशत) छुट छ। विद्यार्थीहरूले स्नातक तर्फ बि.एस्सी. आइसिटी कोर र स्नातकोत्तर तर्फ एम.बि.ए वा एम.एस्सी. आइ.सी.टी.एम. मा भर्ना हुन पाउनेछन्।

योग्यता र आवेदन प्रक्रिया 

प्लस टु वा सो सरह उत्तीर्ण र  एसइइको गणितमा न्यूनतम ५० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीहरूले स्नातकमा र स्नातकमा न्यूनतम २.७५ सिजिपिए प्राप्त गरेका विद्यार्थीले स्नातकाेत्तरमा छात्रवृत्तिका लागि आवेदन दिन पाउने छन् । छात्रवृत्ति कायमै राख्न विद्यार्थीले प्रत्येक सेमेस्टरका सबै विषय पहिलो प्रयासमै उत्तीर्ण गर्नुपर्नेछ भने कम्तीमा ८५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने छ।

सम्झौतापछि फाउन्डेसनका अध्यक्ष पङ्कज जालानले भने, “विगत २६ वर्षदेखि सूचना प्रविधिमा अग्रणी रहेको यस संस्थाले प्रहरी परिवारका सदस्यहरूलाई दक्ष जनशक्ति बनाउन र शैक्षिक सशक्तीकरण गर्न यो पहल गरेको हो।” इच्छुक विद्यार्थीहरूले नेपाल प्रहरी श्रीमती सङ्घद्वारा गठित छनोट समितिमार्फत वा कलेजको आधिकारिक वेबसाइटबाट थप जानकारी लिन सक्ने बताइएकाे छ।

वि.सं.२०८२ फागुन ५ मंगलवार १७:१७ मा प्रकाशित

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...