back
CTIZAN AD

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

वि.सं.२०८२ फागुन ३ आइतवार

789 

shares

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ ।

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ ।

समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो ।

वेस्टइन्डिज दुईपटकको बिश्वकप बिजेता टिम हो । वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई समेटिएको छ । नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आशिफ शेख, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै वेस्ट इन्डिजको प्लेइङ ११ मा शाइ होप, ब्रान्डन किंग, सिम्रोन हेटमायर, रोस्टन चेस, रोभम्यान पावेल, शरफेन रदरफोर्ड, जेसन होल्डर, म्याथ्यु फोर्डे, गुडाकेश मोटी, अकिल होसेन र शमर जोसेफ छन् ।

वि.सं.२०८२ फागुन ३ आइतवार १२:४७ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...