back
CTIZAN AD

पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने

वि.सं.२०८२ फागुन ५ मंगलवार

612 

shares

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (WADA) ले ‘वाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। पोखराको नयाँबजारस्थित पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा यही चैत ११ गतेदेखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा अटो शो सञ्चालन हुने जनाइएको छ।

पहिलो संस्करणको सफलतापछि दोस्रो पटक आयोजना हुन लागेको उक्त अटो शोमा सवारी साधन खरिद–बिक्रीसँगै आधुनिक प्रविधि विकासबारे जानकारी गराइने आयोजकले जनाएको छ। सवारी धनी, सम्भावित ग्राहक तथा आम सर्वसाधारणलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको हो।

आगामी नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै आयोजना गरिन लागेको यस अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, विद्युतीय सवारी साधन तथा अटो सम्बन्धी विभिन्न सामग्री उत्पादन तथा बिक्री गर्ने कम्पनीहरूको सहभागिता रहने बताइएको छ।

यस वर्षको प्रदर्शनीमा विशेष छुट, आकर्षक अफर, बीमा तथा वित्तीय सेवासम्बन्धी जानकारी, साथै नयाँ मोडेलका सवारी साधनहरूको प्रदर्शन गरिनेछ। आयोजकका अनुसार कार्यक्रम व्यवस्थापन सोएक्स एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स इभेन्ट्स) ले गर्नेछ।

पर्यटकीय राजधानी पोखरामा आयोजना हुने यस अटो शोले अटो व्यवसाय प्रवर्द्धनका साथै स्थानीय बजारलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ फागुन ५ मंगलवार १५:५० मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...