पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट भएका कारण भएको आगलागी महानगरको ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । “हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ”, उनले भने ।
आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०० मा प्रकाशित




























