back
CTIZAN AD

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

वि.सं.२०८२ फागुन २० बुधवार

60 

shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्र्दभमा समग्र शान्ति सुरक्षा र निर्वाचन तयारीबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा नेपाल सरकारका प्रवक्ता अर्यालले यस पटकको निर्वाचन पहिलेभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने विश्वास व्यक्त गरेका हुन् ।

गृहमन्त्री अर्यालले भने, “सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।” उहाँले निर्वाचनका क्रममा कुनै अवैध गतिविधि भए कानुनी कारबाही गर्ने र दोषीलाई अदालतमा पेस गरिने स्पष्ट गरे। यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा नेपाली सेनाले सुरक्षा सहायता प्रदान गर्ने योजनाबारे समेत जानकारी दिए ।

गृहमन्त्री अर्यालले मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै भने, “निर्वाचनले प्रतिनिधि छान्ने मात्र नभई राजनीतिक सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिनेछ । मतदाताले सुझबुझका साथ मतदान गर्नुहुनेछ ।”

मतपत्र व्यवस्थापन प्रक्रिया विगतमा झै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप हुने स्पष्ट पार्दै उनले मतदान समाप्त भएपछि मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने व्यवस्था पनि सुरक्षित रूपमा योजनाअनुरुप नै हुने बताए ।

वि.सं.२०८२ फागुन २० बुधवार १३:४२ मा प्रकाशित

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने...

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...