back
CTIZAN AD

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

वि.सं.२०८२ फागुन २९ शुक्रवार

393 

shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।

निर्वाचन आयोगले धनुषा–१ बाट साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध उनले फागुन १९ गते सर्वोच्च अदालतमा उत्प्रेषण रिट दायर गरेका थिए ।

उक्त रिटमा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरी उम्मेदवारी कायम गर्न माग गरिएको छ । सुनुवाइ सम्पन्न भइसकेकाले अब अदालतले आदेश सुनाउने अपेक्षा गरिएको छ ।

यस अघि साहलाई कालो सूचिमा नराख्न कर्जा सूचना केन्द्रलगायतका संस्थाहरुलाई सार्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

वि.सं.२०८२ फागुन २९ शुक्रवार १४:२० मा प्रकाशित