back
CTIZAN AD

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

वि.सं.२०८२ चैत ४ बुधवार

165 

shares

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ चमक थपिएको हो ।

काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष भित्तेचित्र कार्यशालामा भाग लिएपछि उनीहरूले यहाँका भित्ता मिथिला कलाले सिङ्गारेका हुन् ।

नौवटा सत्र (प्रत्येक तीन घण्टा) सम्म सञ्चालन गरिएको यस कार्यशालामा विद्यार्थीहरूले पाठ्यपुस्तकको घेराभन्दा बाहिर निस्केर प्राचीन मिथिला चित्रकलाको प्रयोगात्मक अभ्यास गरेका छन् । मिथिला कलाकार सुभद्री सुभाको प्रशिक्षणमा भएको कार्यशालामा विद्यार्थीहरूले ‘हात धुने र खेलकुद’ शीर्षकको अवधारणामा आधारित भित्तेचित्र निर्माण गरेका थिए ।

कोटेश्वरस्थित सरस्वती माविका यी रङ्गीन भित्ताहरू अब केवल चित्र मात्र रहेनन्, ती स्वास्थ्य, शिक्षा र कलाका जीवन्त पाठ बनेका छन् । यस भित्तामा स्वच्छता र स्वास्थ्य तथा शारीरिक र मानसिक विकाससम्बन्धी सन्देश दिने खालका विद्यार्थीका सिर्जना समेटिएका छन् ।

हात धुने अभ्यास देखाइएको ठूला आकृतिले दैनिक जीवनमा सरसफाइको महत्वलाई झल्काउँछ भने, शारीरिक र मानसिक विकासअन्तर्गत डोरी खेलिरहेका बालबालिकालाई उतारिएको छ । चित्रमा माछा, कमलको फूल र परम्परागत मिथिला बुट्टाहरूलाई कलात्मक ढङ्गले संयोजन गरिएको छ । जसले आधुनिक स्वास्थ्य सन्देशलाई सांस्कृतिक सौन्दर्यसँग जोडेको छ ।

कलाकार सुभद्री सुभाले भन्नुभयो, “सरकारी विद्यालयका साना बालबालिकामा देखिएको उत्साह लोभलाग्दो थियो । उनीहरूले शारीरिक खेलले दिमाग कसरी तेज हुन्छ भन्ने कुरालाई चित्रमा उतार्न निकै रुचि देखाए ।” उहाँका अनुसार चित्रलाई समयमै सम्पन्न गर्न विद्यार्थीहरूले निकै मेहनत गरेका थिए । विद्यालयको नियमित समयबाहेक उनीहरू शनिबार र अन्य दिन बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म स्वस्फूर्त रूपमा सहभागी भएका हुन् ।

विद्यार्थीहरूले बुट्टा भर्ने र रङ लगाउने अधिकांश काम आफैँ गरेका थिए । अन्तिम कलात्मक परिस्करण कलाकार सुभद्रीले गर्नुभएको थियो । यो कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता प्रस्फुटन गर्न र नेपाली सांस्कृतिक सम्पदाको संरक्षण गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ । अहिले काठमाडौँका दर्जनौँ स्कुलमा विद्यार्थीहरुलाई चित्रकला, मूर्तिकला र भित्तेकला सिकाइँदै छ ।

वि.सं.२०८२ चैत ४ बुधवार १६:४८ मा प्रकाशित

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...