back
CTIZAN AD

अतिक्रमित संरचना हटाइयो

वि.सं.२०८३ जेठ २६ मंगलवार

210 

shares

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिका–९ पृथ्वीचोकदेखि हङकङ बजार, ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँबजार जोड्ने सडक चौडा भएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले निर्माण गरेका भवनमा यही जेठ १८ गते महानगरपालिकाले डोजर चलाएको थियो ।

हङकङ बजारको पूर्वपट्टी रहेका संरचना भत्काइपछि सो क्षेत्रको सडक खुला र फराकिलो बनेको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त सडकलाई दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने बताउनुभयो । उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उहाँको भनाइ छ ।

महानगरले पूर्वसूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो । विभिन्न दलगत सङ्गठनदेखि विभिन्न सामाजिक सङ्घसंस्थाले उक्त सरकारी जग्गामा भवन बनाई वर्षौँदेखि भाडासमेत असुल्दै आएका थिए । महानगरले अतिक्रमित संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफै खाली गरेका थिए । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले दुई लेन सडक निर्माणका लागि बजेटसमेत सुनिश्चित भइसकेको बताए ।

सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन खाद्य संस्थान र नेशनल ट्रेडिङलाईसमेत पत्रचार गरिसकिएको उनकोे भनाइ छ । “उपत्यका नगर विकास समितिको जग्गा खाली भइसकेको छ, सडक मापदण्ड अनुसार रेखाङ्कन पनि भइसकेको छ”, वडाध्यक्ष मर्सानीले भने, “त्यहाँ रहेका अन्य सरकारी कार्यालयहरूलाई पनि सडक मापदण्ड कायम गराउन महानगरबाट पत्राचार गरिएको छ ।”

उक्त सडक बनेपछि पृथ्वीचोक र बसपार्क क्षेत्रको सवारी चाप कम हुनुका साथै ट्राफिक व्यवस्थापनमा सहजता हुने उनले बताए । अव्यवस्थित भवन र साँघुरो सडकका कारण त्यस क्षेत्रको आवागमन प्रभावित हुँदै आएको थियो । वडाध्यक्ष मर्सानीले बसपार्क क्षेत्रका अनधिकृत संरचना पनि हटाउन प्रकृया सुरु भइसकेको बताए । सडक मापदण्ड कायम गर्न प्राविधिक नापजाँचसमेत भइसकेको उनकोे भनाइ छ ।

बसपार्कको जग्गा मिचेर बनाइएका पसल कबललगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ । नगर विकास समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सघाउन सूचित गरेको हो ।

नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा स्थानीयवासी, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३२ मा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ ।

बसपार्कको अतिक्रमित जग्गा खाली गराई प्रास्तावित आधुनिक पोखरा बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउने महानगरको योजना छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने महानगर प्रमुख आचार्यले बताए ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:०० मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...