back
CTIZAN AD

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार

408 

shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्तामा भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिकमाथि गरिएको दुव्र्यवहार र हप्कीदप्कीप्रति तीव्र आक्रोश व्यक्त गर्दै सरकारको कडा ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षाको संवेदनशीलतामाथि खेलबाड भइरहेको भन्दै सरकारको लाचारीपनमाथि कडा प्रहार गरेका हुन् ।

संसदमा आफ्नो आक्रामक भनाइ राख्दै नेता साम्पाङले सुस्तामा नेपाली दाजुभाइहरू आफ्नो माटो रक्षाका लागि एक्लै लडिरहेको भिडियो सार्वजनिक हुँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।

“सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिको लागि वीरताबूर्वक लड्दै गरेको भिडियोहरू आएका छन्। यस्तो संवेदनशील बेला नेपालका रक्षामन्त्री कहाँ लुकेर बसेका छन्? उहाँ कहाँ हुनुहुन्छ?“ साम्पाङले आक्रोशपूर्ण प्रश्न गरे ।

प्रधानमन्त्री र रक्षामन्त्री दुवै गैरजिम्मेवार बनेको आरोप लगाउँदै साम्पाङले सभामुखसँग विशेष रुलिङको माग गरे । देशको सीमा मिचिँदा र नागरिक हेपिँदा पनि विभागीय मन्त्री संसदमा जवाफदेही नभएकोमा उनले आपत्ति जनाए ।

“प्रधानमन्त्रीज्यू आउनुहुन्न, अब रक्षामन्त्रीलाई तुरुन्तै यो रोष्ट्रममा बोलाइदिनुस्,“ साम्पाङले सभामुखलाई आग्रह गर्दै भने, “सभामुख महोदय, रुलिङ गरेर रक्षामन्त्रीलाई यहाँ ल्याइदिनुप¥यो । हामी सीमा रक्षा र राष्ट्रिय सुरक्षाको विषयमा उहाँलाई दुई–चार वटा कडा प्रश्न सोध्न चाहन्छौं।“

आफ्नो सम्बोधनको अन्त्यमा सांसद राईले देशको सीमा रक्षा गर्ने प्रमुख दायित्व बोकेको नेपाली सेनालाई सीमा नाकामा तैनाथ गर्न सरकार किन हिचकिचाएको भन्दै प्रश्न गरे । “हाम्रो सीमामा नेपाली सेना गएर बस्न नहुने त्यस्तो कुन चाहिँ अप्ठ्यारो वा बाध्यता आइलाग्यो? यसको चित्तबुझ्दो जानकारी सरकारले तत्काल संसदलाई दिनुपर्छ,“ साम्पाङले माग गरे।

सुस्तामा भइरहेको भारतीय एसएसबीको ज्यादती र हेपाहा प्रवृत्तिविरुद्ध साम्पाङले संसदमा उठाएको यो आवाजले राष्ट्रिय सुरक्षाको बहसलाई पुनः तातो बनाएको छ ।

वि.सं.२०८३ जेठ २९ शुक्रवार १३:१० मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...