back

थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय

वि.सं.२०७४ असार २२ बिहीवार

345 

shares
IME Limited
NTC AD

budhi gandaki

 २२ असार , गोरखा । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् ।

मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ ।

प्रजिअ बस्नेतले भन्नुभयो, “३१५ जना प्रभावितको बैंक खातामा कुल रु ८५ करोड पठाउने समितिले निर्णय भएको छ ।” अहिलेसम्म बूढीगण्डकी प्रभावितलाई रु दुई अर्ब चार करोड मुआब्जा दिइसकिएको छ ।
अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो । चालु आवमा मुआब्जाका लागि रु पाँच अर्ब बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ । गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् ।
बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाए पनि कस्तो घर बनाउने भन्नेबारे आफूहरु अन्योलमा रहेको पनि बताएका छन् । छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरुको भनाइ छ ।

वि.सं.२०७४ असार २२ बिहीवार ०८:०४ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...