back
CTIZAN AD

भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य कर्मचारीका परिवारलाई सहयोग

वि.सं.२०७४ साउन ७ शनिवार

744 

shares

७ साउन,काठमाडौँ  । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ जना स्वास्थ्यकर्मीका परिवारले रु २३ लाख सहयोग रकम पाएका छन् ।

बीस जना कर्मचारीका लागि सरकारले आव २०७३÷७४ मा स्वास्थ्य मन्त्रालयमा रु ३२ लाख बजेट छुट्ट्याइएको थियो । अन्य नौ जनाको विभिन्न प्रक्रिया नपुग्दा रकम वितरण गर्न नसक्दा रु नौ लाख ‘फ्रिज’ भएको मन्त्रालयका लेखा अधिकृत प्रह्लाद सापकोटाले जानकारी दिनुभयो ।

गत वर्षको चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्थायी कर्मचारीका परिवारलाई रु तीन लाख र अस्थायी कर्मचारीका परिवारलाई रु एक लाखका दरले सहयोग गर्ने निर्णय गरेको थियो । रकम लिन छुटेकाहरुका लागि पुनः बजेट माग गरी प्रक्रिया सुरु गर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार छ जना स्थायी र पाँच जना अस्थायी कर्मचारीका परिवारले सहयोग रकम लिएका छन् । रकम लिन बाँकी रहेका रहेका नौ जना पनि अस्थायी कर्मचारी हुन् । जसमा महिला स्वास्थ्य करारमा काम गर्ने कर्मचारी र स्वयम्सेविका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा र काठमाडौँका कर्मचारी रहेका छन् ।

वि.सं.२०७४ साउन ७ शनिवार १२:१७ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...