back
CTIZAN AD

जाजरकोटमा माओवादीले उम्मेदवारकोे टुंगो लगायो

वि.सं.२०७४ असोज १ आइतवार

630 

shares

१ असोज, जाजरकोट  ।  नेकपा (माओवादी केन्द्र) जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताउनुभयो ।

त्यस्तै प्रतिनिधिसभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रदेश नं ६मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ ।
विसं २०४८ देखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एकमा काँग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट काँग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा, पहिलो संविधानसभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्र, दोस्रो संविधानसभामा क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २मा काँग्रेसले जितेको थियो ।

वि.सं.२०७४ असोज १ आइतवार ०६:०३ मा प्रकाशित

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण...

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने...

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा...

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य...

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...