back
CTIZAN AD

मनाङमा स्याउ टिप्न शुरु

वि.सं.२०७४ असोज १ आइतवार

858 

shares

apple१ असोज, पोखरा । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो ।

जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए ।

यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको कूल २०५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिएपनि कृषकले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन् ।

जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ । उत्पादित अधिकांश स्याउ आन्तरिकरुपमा नै खपत हुने गर्दछ । बाँकी भएको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्दछन् भने केहीले लमजुङको बँेसीशहर र काठमाडौँमा लगेर बिक्री गर्ने गर्दै आएका छन् ।

जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन थालिएको छ । यसअघि बैतडी र जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो ।

वि.सं.२०७४ असोज १ आइतवार ०६:५६ मा प्रकाशित

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण...

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने...

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा...

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य...

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...