back

रौतहटका किसानद्धारा महाप्रबन्धकसहित दुई कर्मचारी नियन्त्रणमा

वि.सं.२०७४ कात्तिक २९ बुधवार

720 

shares

२९ कात्तिक, रौतहट । रौतहट गरुडास्थित श्रीराम सुुगर मिल्सको उखुु महाप्रबन्धकसहित दुईजना कर्मचारी र उनीहरु चढेको गाडी किसानले आफ्नो नियन्त्रणमा लिएको छ ।

मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखुु महाप्रबन्धक चन्द्रशेखर तिवारी, फार्म प्रमुख रामकिशोर सिंह र उहाँहरु चढेको ना२च ६५०१ नंको जिपलाई विजयपुुर लक्षमिनियाका किसानले नियन्त्रणमा लिएका हुुन् ।

फतुुआ विजयपुुर नगरपालिकाका किसानलाई भेटेर आउने क्रममा मंगलबार अपराह्न २ बजेबाट गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लक्षमिनिया, दुुधिअवा, हनुुमानगन्जका किसानले मिललाई दिएको उखुुको करिब रु एक करोड २५ लाख बक्यौता रकम पछिल्लो चार वर्षदेखि भुुक्तानी नदिएका कारण आक्रोशित किसानका समूहले भुुक्तानीको मागसहित मिल्सको गाडी र कर्मचारीलाई नियन्त्रणमा लिएको बताएका छन् ।

सो मिलका सञ्चालक एवम् उद्योगपति दिवाकर गोल्छाले पटक पटक रकम दिइने प्रतिवद्धता गर्दै आएपनि अहिलेसम्म सो बाँकी बक्यौता रकम उपलब्ध नगराएकाले बाध्यभएर किसानले गाडीसहित कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको स्थानीय किसान विजय यादवले बताउनुुभयो ।

नियन्त्रणमा लिएको १ घण्टापछि कर्मचारीसहित गाडीलाई इलाका प्रहरी कार्यालय विजयपुुरको जिम्मा लगाएको र उनीहरुलाई करिब दुई दर्जन किसान निगरानी गरिरहेका छन् ।

उखुु महाप्रबन्धक तिवारीले पछिलो बक्यौता क्रमशः तिर्दै जाने र नयाँ उखुुको रकम १५ दिनभित्र भुुक्तानी गर्ने बताए पनि किसानले तत्काल भुुक्तानी दिनुपर्ने अडान राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामकुुमार दानीले मिल कर्मचारी र किसानबीच छलफल भइरहेको बताउनुुभयो । उक्त एरियाका साथै जिल्लाभरिका किसानले मिललाई दिएको उखुुबापत करिब रु २२ करोड बक्यौता छ ।

उद्योगपतिद्वय हृतेश गोल्छा र ललित अग्रवालले पटक पटक उद्योग मन्त्रालयमा समेत भुक्तानी दिने प्रतिवद्धता गर्दै आए पनि भुुक्तानी नदिएको उखुु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताउनुुभयो । बाँकी बक्यौता भुक्तानीका लागि पटक पटक मिलमा तालाबन्दी, मिल प्रशासनविरुद्ध आन्दोलन गर्दै आएको भए पनि उद्योगपतिले वास्ता न गरेको अध्यक्ष यादवको भनाइ छ ।

वि.सं.२०७४ कात्तिक २९ बुधवार ०३:०२ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...