back
CTIZAN AD

नेपाली कांग्रसको दवदवा तोड्दै स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी

वि.सं.२०७४ मंसिर २६ मंगलवार

762 

shares

deepak

२६ मंसिर, वालिङ, स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ ।

विजयी चर्तीमगरले कूल १७ हजार ३९२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पंगेनीले १४ हजार ६६६ मत प्राप्त गर्नुभयो । स्याङ्जामा अहिले मतगणना जारी छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जाका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिबाट मात्रै शुरु भएको थियो ।

वि.सं.२०७४ मंसिर २६ मंगलवार ०६:१३ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...