back
CTIZAN AD

यी ५ कारण रियल म्याड्रिड अझै पनि लालिगामा उच्च लयमा फर्कन सक्छ

वि.सं.२०७४ पुस १२ बुधवार

603 

shares

real

१२ पुस, काठमाडौँ । यति बेला स्पेनिश क्लब रियल म्याड्रिडको सर्वत्र आलोचना भएको छ । लालिगाको २०१७ को अन्तिम खेलमा प्रतिद्वन्द्धी वार्सिलोनालाई ३ ० ले नतिजा सुम्पेको रियल यति बेला अंक तालिकामा १४ अंक पछाडि परिसकेको छ । तर कुनै समयमा कजोर प्रदर्शनका बाबजूद रियलले सबैलाई चकित पार्दै पुनरागमन गरेका धेरै उदाहरण देख्न पाईन्छ ।
यहाँ हामीले ५ कारणहरु प्रस्तूत गर्दै छौ जसले प्रष्ट पार्ने छन् कि रियलको लालिगा जित्ने सम्भावना मरेको छैन् ।
१) युवा टोली
फुटबलमा युवा टोलीको प्रर्दशन निकै महत्वपुर्ण हुने गर्दछ । युवामा हुने विशेष प्रकारको उर्जाले गर्दा टोलीको प्रदर्शनमा निकै निखार आउछ । रियल म्याड्रिको टोलीका अधिकांश खेलाडी २५ वर्ष मुनिका छन् । एसेन्सियो, ईस्को, सेवालोस, हर्नान्डेज जस्ता खेलाडीहरुको प्रदर्शनबाट रियलमा सन्तुलन आउने अपेक्षा गर्न सकिन्छ ।
२) जनवरी ट्रानस्फर
यति बेला रियल म्याड्रिडको अग्र पंक्ति चल्न नसक्नाले रियलले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन् । बेल निरन्तर घाईते हुनु, रोनाल्डो, बेन्जेमा जस्ता स्ट्राईकर जम्न सकेका छैनन् । यति बेला रियलका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी किन्ने घोषणा गरिसकेका छन् । रियलले आउदो ट्रान्सफर विन्डोमा खेलाडी किनेर रियलले पुनरागमन गर्न सक्छ भन्न सकिन्छ । रियलले ईकार्डी, वेर्नर, एरिजवालगा जस्ता खेलाडी किन्ने प्रयास गर्ने छ ।
३) विश्राम
फुटबलमा विश्राम भन्ने कुरा निकै महत्वुपर्ण हुने गर्दछ । निरन्तर रुपमा खेलेका खेलाडीहरुमा थकनले गर्दा खेलाडीले शतप्रतिशत दिन् सक्दैनन् । आगामी जाडो ब्रेक पछि रियलले राम्रो प्रदर्शन गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
४) अनुभव
रियल म्याड्रिडको टोली निकै अनुभवी छ । विश्वस्तरीय खेलाडीको सम्मिश्रण रहेको रियलले जस्तो सुकै नतिजा पनि उल्टाउन सक्«डको टोली निकै अनुभवी छ । विश्वस्तरीय खेलाडीको सम्मिश्रण रहेको रियलले जस्तो सुकै नतिजा पनि उल्टाउन सक्छ । जसकारण पनि रियलले नतिजा उल्टाउने अपेक्षा गर्न सकिन्छ ।
५) रोनाल्डो फ्याक्टर
सन् २००९ मा रोनाल्डो रियल आएपछि उनको लिगेसीले निकै ठुलो भुमिका खेलेको छ । रोनाल्डो यस्ता खेलाडी हुन् जसले एक्लै जस्तोसुकै नतिजा पनि उल्टाउने क्षमता राख्दछन् । रोनाल्डोको व्याक्तिगत प्रदर्शनको आधारमा रियलको प्रदर्शन भर पर्ने हुदाँ रोनाल्डोले आगामी दिनमा पनि उच्च प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

वि.सं.२०७४ पुस १२ बुधवार ०७:१२ मा प्रकाशित