back
CTIZAN AD

मेलमिलापका मुुद्दामा सफलता कमी

वि.सं.२०७४ माघ ८ सोमवार

882 

shares

८ माघ, काठमाडौँ  । काठमाडौँ अदालतमा चालु आवमा मेलमिलापतर्फ पठाइएका मुद्दामा सन्तोषजनक अवस्था देखिँदैन ।

मेलमिलापतर्फ ४५८ मुद्दामध्ये ७४ मुद्दा मात्र मेलमिलाप गर्न सफल तथा २३१ मुद्दा मेलमिलाप गर्न असफल भएका छन् । तथ्याङ्कलाई हेर्दा मेलमिलापतर्फ सफलता कम देखिन्छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ अदालतका न्यायाधीश रमेशराज पोखरेलले मेलमिलापतर्फको तथ्यांक हेर्दा त्यति सन्तोषजनक नभए पनि मेलमिलापलाई प्रभावकारी बनाउन अदालत प्रयासरत रहेको बताए ।

अदालतले चालु आवको पुस महिनासम्म छ हजार २०३ मुद्दा दर्ता भएकामा चार हजार ३५३ मुद्दा फैसला गरेको छ । अदालतको सो अवधिमा पाँच हजार ४९८ मुद्दा फैसला गर्ने लक्ष्य थियो । जरिवानातर्फ भने अदालतले करिब रु ६२ करोड ९६ लाख असुल गरेको छ । अदालतले लक्ष्य भने करीब रु ८७ करोड ५४ लाख असुल गर्ने राखेको थियो ।

न्यायाधीश पोखरेलले अदालतले नागरिकको न्यायमा पहुँच बढाउन निरन्तर काम गरिरहेको बताउँदै सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दामा समाचार प्रकाशन ÷प्रसारण गर्दा मुद्दामा समेत प्रभाव पर्ने गरेको अनुभव रहेको सुनाए ।

वि.सं.२०७४ माघ ८ सोमवार १३:४३ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...