back
CTIZAN AD

प्रदेशीको बेदना

वि.सं.२०७४ माघ ९ मंगलवार

1K 

shares

 

मन त मेरो उतै छ प्रिय !
छैनन् मेरा फुटेका हत्केलाहरु त्यहाँ
सिरानी तिमीलाई लगाइदिनलाई
पिडा तिम्रा पनि अनगिन्ती छन्
सक्दिन साथ दिन तिमीलाई
भिजेका आँखाहरु यता पनि छन्
सक्दिन तिमीसँगै बसेर रुनलाई
लहर उर्लेको छ मनको समुन्द्रीमा
सक्दिन पिडा बगाउनलाई
चाहनाहरु बगेका छन खहरे बनेर
खै कसरी सुनुँ उनको सुमधुर धुनलाई

धडकदै होला उनको छाति चस्किन्छ यो मुटु
उनकै मनको पखेरामा डुलिरहन्छु
मिर्मिरेमा घामसँगै उठेर कामसँग दिन बिताइदिन्छु
रातैभरि खाली नबसी म सपना बुनिरह्न्छु
बिरानो छ मुलुक छुट्टै छ यहाँको भेष
भुल्छु सबै दुःख सम्झेर तिमीलाई
रमाइलो त मनभित्रै मान्ने गर्छु
कोही छैन यहाँ आफ्नो दुःखसुख बाँड्नलाई

आँखाको नानीभित्र पनि फुल्छ जीवन
जान्नु पर्दो रहेछ रमेर जिउनलाई
मात्रा मिलेन भने अमृत पनि बिख नै हुन्छ
बिचार पुर्याउनु पिउनलाई
कसले भन्छ मुनामदन छैनन आजभोलि ?
ल्हासा जाँदाको कथा भन्नलाई
लाखौ मदन विवश छन् झन् आज
बिमारी आमा र प्यारी मुना छोडेर जानलाई
दुःख र पिडा त कति छन कति
सिर्फ देबकोटा छैनन आज
यी मदनहरुको कथा लेख्नलाई
इति

हाल- काबुल, अफ्गानिस्थान

वि.सं.२०७४ माघ ९ मंगलवार ०२:५३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...