back

एट्लान्टामा सरस्वती पुजा सहित साहित्यिक कार्यक्रम सम्पन्न

वि.सं.२०७४ माघ ९ मंगलवार

267 

shares
NTC AD
Global IME AD

एट्लाण्टा, जर्जिया ।

वशन्त पञ्चमिको पावन अवसरमा अमेरिकाको एट्लाण्टामा पहिलोचोटि सरस्वति पूजासहित साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो । अनेसास जर्जिया च्याप्टर तथा नासा (NASeA)  साहित्यिक विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजन अमेरिकाका लागि नेपाल सरकारका पर्यटकिय सद्भावनादूत राजा घलेले गरेका थिए ।  अनेसास जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा कोलोराडोबाट आएका साहित्यकार ज्ञानेन्द्र गदाल प्रमुख अतिथि रहेका थिए । साँझ ६ बजे शुरु भएको सो कार्यक्रममा स्थानीय कलाकार, साहित्यकारहरुको सिर्जना प्रस्तुतिका साथै कवि एवं गीतकार ज्ञानेन्द्र गदालको करिव एक घण्टा एकल कृतिवाचन कार्यक्रम रहेको थियो ।

प्रमुख अतिथिबाट पानसमा वत्ति बाली सरस्वतीको मूर्तिमा फूल चडाइ शुरु गरिएको कार्यक्रमको प्रारम्भमा  (NASeA)को बोर्ड मेम्बर समेत रहेकी शिक्षासेवी नमिता घिमिरेले सरस्वति वन्दना पाठ गरेकी थिइन ।

कार्यक्रमका संयोजक राजा घलेले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । आयोजक संस्था ल्ब्क्भब् को तर्फबाट  (NASeA) साहित्य विभागकी संयोजक डा विनिता केसीले आफ्नो छोटो मन्तव्यसहित कविता वाचन गरेकी थिइन ।  (NASeA) एवं अनेसास जर्जियाकि उपाधक्ष्य अमिका लोहनीले यस्तो किसिमको कार्यक्रम अट्लनटामा पहिलो भएको र यसलाई अब मासिक रुपमा निरन्तरता दिने हौसला यस कार्यक्रमले बढाएको बताइन् ।

स्थानिय कलाकार किरण मानिके र डा सुदिप श्रेष्ठको मिठो गीतको प्रस्तुति पछि मुख्य कार्यक्रम गीतकार एवं कवि ज्ञानेन्द्र गदालको एकल कृतिवाचन शुरु गरियो । सरस्वति पूजाको महत्वको चर्चा गर्दै उनले सानैदेखि यसबाट प्रभावित हामीले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने कुरामा जोड दिंदै अट्लान्टामा पनि यसले अबदेखि निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । छोटो मन्तव्यपछि केहि राष्ट्रिय भावनाका, केहि माया(प्रेमका र केहि जीवन दर्शनका एक दर्जन गीत, गजल र कविताहरु वाचन गरेका थिए ।

स्थानिय व्यक्तित्वहरु, वालबालिकाहरुको वाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा चाख लिएर कविता सुन्ने र मनन गर्ने धैर्यता सबैमा देखिन्थ्यो । नमिता घिमिरे, अमिका लोहनी र विद्या गुरुङको सहयोगमा प्रमुख अतिथिको हातबाट उपस्थित वालबालिकालाई कापी, पेन्सिल तथा केहि पाठ्यसामाग्री वितरण समेत गरियो
। त्यसपछि कार्यक्रमका सभापति, (NASeA)कि उपाध्यक्ष्य, साहित्य समितिकि प्रमुखको सहभागितामा पर्यटनदुत राजा घलेले प्रमुख अतिथि ज्ञानेन्द्र गदाललाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा सभापति चेतनाथ घिमिरेले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिंदै ज्ञानेन्द्र गदालको गीत, गजल, कविताहरुको समिक्षा गर्दै यस्तो ओजपूर्ण सिर्जनाले स्थानीय आट्लनटावासीलाई साहित्यिक गतिविधिमा लाग्न प्रेरणा मिलेको र अव यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता समेत जाहेर गरिन् । कार्यक्रममा प्रत्यक्ष सहयोग गर्ने स्थानीय महानुभाव र सहभागी कविहरुलाई प्रशंशापत्र समेत प्रदान गरिएको थियो ।

अनेसास जर्जिया च्याप्टरका महासचिव किरण मानिकेद्वारा संचालन गरिएको उक्त कार्यक्रम जर्जिया स्थित Himalayan Spice नामक नेपाली Restaurant मा सम्पन्न भएको थियो  ।

वि.सं.२०७४ माघ ९ मंगलवार ०३:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...