back
CTIZAN AD

सान्चेज बने प्रिमियर लिग ईतिहासकै उच्च पारिश्रमीक पाउने खेलाडी, कति कमाउछन् प्रति हप्ता ?

वि.सं.२०७४ माघ ९ मंगलवार

690 

shares

९ पुस, एजेन्सी । आर्सनलबाट म्यान्चेष्टर युनाईटेड पुगेका फरवार्ड एलेक्सिस सान्चेज प्रिमियर लिग ईतिहासकै उच्च पारिश्रमिक पाउने खेलाडी बनेका छन् ।
आर्सनलबाट ३५ मिलियन पाउन्ड बराबरको रकममा युनाईटेड अनुबन्धित भएपनि आर्सनल र युनाईटेडले खेलाडी साटासाट गरेका हुन् । युनाईटेडका खेलाडी हेनरिख मिख्ति¥यान सोही मूल्य बराबरको रकममा आर्सनल पुगेका हुन् ।
सान्चेजले युनाईटेडमा रहदाँ करबाहेक वार्षिक २३ मिलियन पाउन्ड बराबरको रकम पारिश्रमीक स्वरुप पाउने छन् । यस अघि युनाईटेडकै पुर्व कप्तान वायन प्रति हप्ता ३ लाख पाउन्ड पारिश्रमिक पाउने गर्दथे ।

वि.सं.२०७४ माघ ९ मंगलवार ०४:२५ मा प्रकाशित