back
CTIZAN AD

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

वि.सं.२०८३ वैशाख २२ मंगलवार

807 

shares

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो बास्केटबल प्रतियोगिता भव्यरुपमा सफल भएको छ ।

संघको बार्षिक कार्यतालिका अनुसार मे ३ मा सम्पन्न उक्त प्रतियोगितामा अन्य सहभागी टिमलाई पछि पार्दै नॉर्डिक गोरखासंग फाईनलमा पुगेको नेपालय टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

आयोजित कार्यक्रम बिहान १० बजे ओस्लोस्थित Grenseveien 60 ६० को बास्केट बल हलमा भव्य सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एनआरएन नर्बेको अध्यक्ष श्रद्वासिंह थापा र संस्थाका अध्यक्ष प्रेम परियारले दीप प्रज्वलन गरी संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

राष्ट्रिय धून बजाई प्रारम्भ भएको प्रतियोगितामा स्व. चन्द्र गिरीको समझनामा १ मिनेट मौन धारणापछि औपचारिक खेल सुरु भएको थियो । सो प्रतियोगितामा ८ टिम सहभागीका बीच प्रतिस्पर्धा भएको थियो ।

सो प्रतियोंगीतामा प्रथम विजेता बनेको नेपालय टिमले नगद, शील्ड, मेडल र सर्टिफिकेट प्राप्त गरेको थियो भने दोश्रो उप विजेता नॉर्डिक गोरखा टिमले नगद, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

सो प्रतियोगितामा नॉर्डिक गोरखा टिमका अरुण घिमिरेले बेस्ट (उत्तम) खेलाड़ी र सोही टिमका हारालड़ सिद्धार्थ हिले उदयीमान खेलाड़ी घोषित भएका थिए ।

बिभिन संघ संस्थाका प्रतिनिधि, आयोजक कमिटीका सम्मानित पदमा रहेका व्यक्तित्वहरुको रोहबरमा विजेता उपविजेता बनेका तथा र अन्य खेलाड़ीलाई पुरस्कार वितरण गरीएको सो भेलामा प्रमुख अतिथि थापाले गिरीको स्मरण गर्दै आयोजक र सहभागी सबैलाई धन्यवाद दिदै छोटो मन्तव्य दिएका थिए ।

खेलको साथ आयोजक कमिटीका तर्फबाट वितरण गरिएको नेपाली परिकारका सबैले प्रशंसा गरेका थिए ।

साथै अन्तिममा पुगेका २ टिम बीच भएको रोचक खेलमा दर्शक हरूले भरपूर मनोरंजन लिनु भएको थियो ।

प्रतियोगितामा अनौपचारिक कार्यक्रम संस्थाको महासचिव पार्बता पन्थी, आर्थिक विवरण बारे कोषाध्यक्ष युवराज खनाल र पुरस्कार वितरणको क्रममा युवा संयोजक मदन कंडेलले संचालन गरेका थिए ।

संस्थाका तर्फबाट उपाध्यक्ष महेन्द्र खड़का, जीवन भट्टराई, सम्झना बराल, महासचिव पार्वता पन्थी गैरे, कोषाध्यक्ष, यूबराज खनाल, यूवासंयोजक मदन कंडेल, सचिव नारायण सुबेदी, महिला संयोजक निर्मला सापकोटा तथा पुष्पा तामांङ, सालिक राम ढुंगाना, जीवन हरि काफले, सूर्य क्षेत्री, रोबिन उपाध्याय, सदस्य सहित हेमराज सुबेदी, धर्मराज अधिकारी, नि बर्तमान अध्यक्ष राम गुरूंङ सल्लाहाकार राजन गौचनले विभिन्न क्षेत्रमा रही भूमिका निर्वाह गरेका कारण थप सहयोग पुगेको आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमकाा अध्यक्ष परियारले प्रतियोगिता पूर्ण रूपमा सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद दिदै आभार ब्यक्त गरेका थिए । सो कार्यक्रममा झण्डै २५० जनाको सहभागीता रहेको थियो ।

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:१८ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...