back
CTIZAN AD

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

वि.सं.२०८३ जेठ २५ सोमवार

1.1K 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो समयदेखिको विवाद एकतामा परिणत भएको छ भने एकता पश्चात् हिसाब मिलान तथा प्रतिवेदन अध्ययनको जिम्मेवारी आइसीसीका संस्थापक सदस्य सागर नेपाललाई दिइएको छ।

विगत लामो समयदेखि एनसीसी कतारमा बद्री केसी, विनोद कुँवर र कुल आचार्य पक्षका तीन वटा समानान्तर समितिहरू क्रियाशील थिए। हालै ती तीनै पक्षबीच एकता भएसँगै २०२३–२०२५ कार्यकालमा देखिएको विभाजन र सो अवधिमा रहेका छुट्टाछुट्टै समितिहरूसँग सम्बन्धित आर्थिक तथा साङ्गठनिक प्रतिवेदनहरूको अध्ययन र अनुसन्धान गर्न सागर नेपालको संयोजकत्वमा समिति गठन गरिएको हो। यसै प्रक्रिया अन्तर्गत संयोजक सागर नेपाललाई ‘एकीकृत एनसीसी कतार प्रतिवेदन अध्ययन तथा अनुसन्धान समिति कार्यविधि–२०२६’ हस्तान्तरण गरिएको छ।

एनसीसी कतारको दर्शौ महाधिवेशनको निर्वाचन खर्च विवरणलाई लिएर पनि विवाद देखिएको थियाे। यसैबीच नियम भुजेल, गणेश ढकाल र मनिष यादव नामक तीन जना दर्शी महाधिवेशन निर्वाचन समितिका पूर्वसदस्यहरूले संयुक्त पत्र लेख्दै निर्वाचन समितिका संयोजक क्रान्ति सिंहद्वारा उम्मेदवारबाट सङ्कलन गरिएको रकम तथा गरिएको खर्चको विवरण समितिका अन्य सदस्यहरूलाई जानकारी नगराई एकल रूपमा पेस गरिएको भन्दै छानबिन माग गरेका छन्। उनीहरूले यस विषयमा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिबाट समेत जिज्ञासा, चासो र गुनासाहरू व्यक्त भइरहेको उल्लेख गर्दै निष्पक्ष, पारदर्शी तथा तथ्यपरक ढङ्गले छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिदिन माग गरेका छन्। 

तीनै पूर्वसदस्यहरूले वर्तमान मध्यपूर्व उपसंयोजक तथा तत्कालीन निर्वाचन समिति सदस्य करिम बक्स मियाँको पहलमा गठित समितिबाट निष्पक्ष र विश्वसनीय छानबिन हुनेमा आशावादी रहेको जनाएका छन्। उनीहरूले आफूहरूको अनुसन्धान तथा निष्पक्ष प्रतिवेदनले एनसीसी कतारको गरिमा, विश्वसनीयता तथा संस्थागत प्रतिष्ठालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

वि.सं.२०८३ जेठ २५ सोमवार १०:२५ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...