back
CTIZAN AD

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

वि.सं.२०८३ असार ४ बिहीवार

789 

shares

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा राजदूत रहमानले सभामुख अर्याललाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई ज्ञापन गर्दै बंगलादेशको संसद्का सभामुखको तर्फबाट शुभकामना सन्देश व्यक्त गर्नुभयो। साथै, अन्तरसंसदीय संघअन्तर्गत महासभा अध्यक्ष (पीजीए) निर्वाचनमा बंगलादेशका परराष्ट्रमन्त्रीलाई नेपालले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो।

राजदूत रहमानले नेपाल र बंगलादेशबीचको सम्बन्ध आपसी सम्मान, साझा मूल्य मान्यता तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँले दुवै देश निकट र मित्रवत् छिमेकी भएको बताउँदै विभिन्न क्षेत्रमा सहयोग विस्तारका प्रशस्त सम्भावना अझै उपयोग हुन बाँकी रहेको धारणा राख्नुभयो।

विकास र सामाजिक–आर्थिक रूपान्तरणका क्षेत्रमा नेपाल र बंगलादेशले समान चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै उहाँले ती चुनौतीहरूको समाधानका लागि अनुभव आदानप्रदान, साझेदारी र आपसी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, कृषि, खाद्य सुरक्षा, महिला सशक्तीकरण, युवा विकास तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा बंगलादेश थप सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। साथै, उहाँले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्दै दक्षिण एशियामा व्यापार, सम्पर्क सञ्जाल र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

सभामुख अर्यालले बंगलादेशले आर्थिक वृद्धि र पूर्वाधार विकासका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै त्यहाँका विकास अनुभवहरू नेपालका लागि पनि उपयोगी हुन सक्ने बताउनुभयो। उहाँले खेलकुदले दुई देशका जनताबीच विशेषगरी युवापुस्तामा मित्रता र आपसी समझदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

सभामुखले पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्पर्क विस्तारले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। जलवायु परिवर्तन र वातावरणीय चुनौतीबाट हिमाली क्षेत्र तथा तटीय भूभाग प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले यस्ता साझा समस्याको न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले बंगलादेशले नेपाली विद्यार्थीहरूलाई चिकित्सा शिक्षा तथा प्राविधिक अध्ययनका लागि छात्रवृत्ति र शैक्षिक अवसरहरू उपलब्ध गराउँदै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो।

नेपाल–बंगलादेश सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख अर्यालले आफ्नो संसदीय भूमिकामार्फत द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउन पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो। साथै, दुवै देशका संसदीय समितिहरूबीच अनुभव आदानप्रदान गर्न तथा संसदीय मैत्री समूहलाई संसदीय सहकार्य र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने प्रभावकारी मञ्चका रूपमा उपयोग गर्न आफू इच्छुक रहेको बताउनुभयो।

वि.सं.२०८३ असार ४ बिहीवार ०९:०९ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...