back
CTIZAN AD

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

वि.सं.२०८३ असार ४ बिहीवार

351 

shares

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री गरेको आरोपमा पक्राउ परेका रसुवा उत्तरगया गाउँपालिका–९ का ३८ वर्षीय टेक बहादुर तामाङ काठमाडौं जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा रहेका थिए।

गत २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका तामाङलाई खोजतलासका क्रममा प्रहरी टोलीले काठमाडौं महानगरको तारकेश्वर नगरपालिका–८, जरङ्खुबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङ हाल तारकेश्वर नगरपालिका–८ मा बसोबास गर्दै आएका थिए। फरार अभियुक्तको खोजीका लागि निरन्तर परिचालन गरिएको प्रहरी टोलीले उनलाई २०८३ साल असार २ गते नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

पक्राउपछि तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले फरार अभियुक्तहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

वि.सं.२०८३ असार ४ बिहीवार १२:४५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...