back
CTIZAN AD

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

वि.सं.२०८३ असार ४ बिहीवार

342 

shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ। यस सहकार्यसँगै नेपाल लाइफ विश्वकप प्रसारण अभियानमा हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत सहभागी हुने भएको छ।

विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगितामध्ये एक मानिने फिफा विश्वकप २०२६ को प्रसारणसँग आबद्ध हुँदै नेपाल लाइफले खेलकुदप्रेमी नेपाली दर्शकमाझ आफ्नो उपस्थिति अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।

यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले फिफा विश्वकपजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय खेल महोत्सवसँग जोडिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले खेलकुदले विश्वभरका मानिसहरूलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको रोमाञ्चक अनुभव अझ नजिकबाट दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल लाइफका अनुसार यस सहकार्यले कम्पनीको ब्राण्डलाई देशभरका खेलप्रेमी तथा दर्शकहरूमाझ थप प्रभावकारी रूपमा स्थापित गर्न मद्दत पुग्नेछ। साथै, विश्वकप प्रसारण अवधिभर विभिन्न प्रचारात्मक तथा दर्शक केन्द्रित कार्यक्रमहरू समेत सञ्चालन गरिने अपेक्षा गरिएको छ।

हिमालय स्पोर्ट्स र नेपाल लाइफबीचको यो सहकार्यले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणलाई थप आकर्षक र व्यापक बनाउने विश्वास गरिएको छ। विश्वभर करोडौं दर्शकको ध्यान केन्द्रित हुने यस महाकुम्भप्रति नेपाली फुटबल समर्थकहरू पनि उत्तिकै उत्साहित रहेका छन्।

वि.सं.२०८३ असार ४ बिहीवार १४:१९ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...