back
CTIZAN AD

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

वि.सं.२०८३ वैशाख ११ शुक्रवार

2.1K 

shares

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ ।

हालै सम्पन्न समाजको कार्यसमितिको बैठकले प्रतियोगिताको सम्पूर्ण तयारीलाई अन्तिम रूप दिइएको बताउँदै आगामी मे ३ तारिख दिन उक्त प्रतियोगिता हुने जानकारी दिएको हो ।

मोरङ निवासी स्वर्गीय चन्द्र प्रसाद गिरीको स्मृतिमा आयोजना गरिने उक्त प्रतियोगिता उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनासहित सञ्चालन गरिन लागिएको हो । संस्थाका तत्कालीन अध्यक्ष राम गुरुङको कार्यकालदेखि सुरु भएको यस प्रतियोगिताले खेलकुदमार्फत विभिन्न संघ–संस्थाबीच भाइचारा, आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने विश्वास लिइएको छ ।

युवा संयोजक धर्मलाल कंडेल (मदन) का अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगितामा नर्वेमा रहेका विभिन्न नेपाली संघ–संस्था तथा खेलकुद क्लबहरूको सहभागिता रहनेछ भने करिब ७ टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । महासचिव पर्वता पन्थीले विगत वर्षको निरन्तरता स्वरूप यस वर्ष पनि प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्थालाई निमन्त्रणा पठाइसकिएको जानकारी दिइन् ।


त्यसैगरी कोषाध्यक्ष युवराज खनालले प्रतियोगिताको अनुमानित बजेट, आर्थिक सहयोगदाताको विवरण तथा सम्पूर्ण प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक गरिने योजना प्रस्तुत गरेका छन् ।

बैठकमा उपाध्यक्ष महेन्द्र खड्का, सचिव नारायण सुवेदी लगायतले कार्यक्रमलाई समयमै व्यवस्थित रूपमा सम्पन्न गर्न खेलाडी व्यवस्थापन, स्वयंसेवक परिचालन लगायतका विषयमा सुझाव दिएका थिए । साथै, सम्झना बराल र युवा संयोजक मदन कंडेलले पनि आ–आफ्ना धारणा राखेका थिए ।

आयोजकका अनुसार यस वर्षको प्रतियोगिता विगतभन्दा अझ आकर्षक र प्रभावकारी हुने अपेक्षा गरिएको छ । विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएकाले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।

समाजले नर्वेमा रहेका सबै नेपाली संघ–संस्था तथा प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन अनुरोध गरेको छ । साथै सामाजिक सञ्जालमार्फत समुदायलाई जोड्दै समावेशी सहभागिता सुनिश्चित गर्न आह्वान गरिएको छ।

व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गर्न इच्छुक सबैलाई सहयोगको अभिलेख ऐतिहासिक रूपमा सुरक्षित राखिने प्रतिबद्धतासहित सहयोग गर्न आग्रह गरिएको छ ।

नेपोसले विविधता, एकता र समावेशिताको भावनालाई आत्मसात गर्दै यस प्रतियोगितामार्फत संस्थाप्रति गरिएको योगदानको कदर गर्दै भावनात्मक सम्मान परम्परालाई जीवित राख्ने उद्देश्य लिएको जनाएको छ।

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:५४ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...