back
CTIZAN AD

धानमा गवाँरोे र मकैमा फौजीकिरा

वि.सं.२०८३ वैशाख ११ शुक्रवार

210 

shares

चितवन । चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ । पूर्वी चितवनको खैरहनी र भरतपुर महानगरपालिकामा लगाइएको धानमा गवाँरोेको समस्या देखिएको हो ।

जिल्ला कृषि विकास कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार पुतली वर्गको किरा भएकाले वयस्क अवस्थामा विभिन्न प्रकारका पुतलीको रुपमा देखिने गर्दछ । यिनीहरु बिरुवाको डाँठभित्र रहने हुँदा लार्भाले गुवो खाई नोक्सान पु¥याउने गर्छन् । धानमा लार्भाले डाँठमा प्वाल परेर गुवो खाने गर्छन् । सुरुआतको अवस्थामा गुवो तान्दा सजिलै आउँछ । पछिल्लो चरणमा गवाँरोले गुवो खाँदा सेतो बाला वा फोस्रो बाला देखिने उनले बताए ।

यसबाट वालिलाई बचाउनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुनेगरी काट्ने, ठूटा डुब्नेगरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेमी चुँडेर नष्ट गर्ने, माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्रजीवको संरक्षण गर्नेजस्ता काम गर्न आवश्यक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । यस्तै प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने, धानखेतको आलीमा भटमास लगाउनेजस्ता काम गरे राम्रो हुने उनले जानकारी दिए ।

जिल्लामा यस वर्ष नौ हजार १९३ हेक्टरलमा चैते धान लगाइएको छ । उनले पौडेलले भने, “धान रोपेको सुरुआती अवस्थामा नै गवाँरोले आक्रमण गरेपछि उत्पादन घट्न सक्छ । किसानले प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।”

यस्तै जिल्लामा लगाइएको हिउँदे मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखिएको छ । भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिका क्षेत्रमा लगाइएको मकैमा यो किराको सङ्क्रमण देखिएको सूचना अधिकारी पौडेलले बताए । यो किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर किरा हो । यसले सुरुआतमा मकैको पात खान्छ । उनका अनुसार लार्भा आफैँले बनाएको रेसा र हावाको मद्दतले अन्य बोटमा फैलिने गर्दछ । कलिलो अवस्थामा मकैको गुभोभित्र पसेर खाने गर्दछ । बोट बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।

बिरुवा हुर्कदै जाँदा मकैको धान चमरा, जुङ्गा र घोगामा समेत यसले नोक्सान गर्छ । यसको रोकथामका लागि मकै उम्रेदेखि नियमित अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आकलन गर्ने, मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने, एउटा पकेट क्षेत्रमा एकै समयमा मकै रोप्ने तथा समस्या देखिएमा प्राविधिकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्छ । जिल्लामा १७ हजार ८३३ हेक्टरमा मकैखेती गरिएको छ ।

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १४:१५ मा प्रकाशित

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...