back
CTIZAN AD

कविता : वृत्त महिमा

वि.सं.२०८३ जेठ २ शनिवार

417 

shares

हृषीकेश बराल पोखरा -२६ , कास्की

भाषा चल्छन्,गति यति लिई,अर्थ सौन्दर्य थप्छन्
थप्छन् उस्तै,स्वर लय मिठा,दिव्य आनन्द दिन्छन् ।
दिन्छन् बोल्छन्,कवि हृदयमा,काव्यको कल्पनामा
लागौँ हामी,अब सब जना छन्दको साधनामा ।।१

हावा चल्दा,पनि गगनमा,वर्णले छन्द बोल्छन्
बोल्छन् सुन्छौँ,मधुर लय छन्,बुझ्छ जो नित्य झुम्छन् ।
झुम्छन् सिर्जी,विविध कविता,देवको प्रार्थनामा
लागौँ हामी,अब सब जना,छन्दको साधनामा ।।२

बाजा बज्दा,नभचरहरू,छन्दमैँ नाच्न खोज्छन्
खोज्छन् यस्तो,सुललित कला,गाउने शिल्प रोज्छन् ।
रोज्छन् विद्वान्,प्रवचन दिँदा,भक्तको चाहनामा
लागौँ हामी,अब सब जना,छन्दको साधनामा ।।३

धर्ती घुम्छिन्,क्रमिक जहिल्यै,छन्दको ताल रोजी
रोजी आफैँ,ऋतु बदलिए,वृत्तको भाव खोजी ।
खोजी गर्दा,प्रिय पद अरू,छैन यो सम्झनामा
लागौँ हामी,अब सब जना,छन्दको साधनामा ।।४

झर्ना खोला,दह नद नदी,तालमा छन्द हुन्छन्
हुन्छन् भन्ने,अवगत गरे,पद्यमा काव्य रच्छन् ।
रच्छन् हाम्रा,सुकवि सबले,सृष्टिको अर्चनामा
लागौँ हामी,अब सब जना,छन्दको साधनामा ।।५

काव्यात्माका,नजर जसमा,पर्दछन् काव्य बन्छन्
बन्छन् वाच्छन्,श्रवण गरिँदा,भित्रका भाव भन्छन् ।
भन्छन् जानी,विषय मनका,बग्दछन् भावनामा
लागौँ हामी,अब सब जना,छन्दको साधनामा ।।६

छन्द : मन्दाक्रान्ता
गण : म – भ – न – त – त – गु – गु
गण सङ्केत : SSS – SII – III – SSI – SSI – S – S

वि.सं.२०८३ जेठ २ शनिवार ०४:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...