१२ असोज, काठमाडौं । ३७ औ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइएको छ ।
पर्यटन दिवसका अवसरमा देशका विभिन्न क्षेत्रमा पर्यटकहरुको भव्य स्वागत पनि गरिएको छ ।

त्यस्तै पर्यटन दिवसका अवसर पारेर पोखरा विमानस्थलमा पर्यटकको स्वागतमा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा पर्यटकहरु पनि रमाइलो मानेर झुमेका थिए ।

यसैगरी म्याग्दीको घार १ मा पर्ने पुनहिलमा पर्यटकको चहल पहल बढेको छ । पर्यटकहरु सुर्योदय र हिमश्रृखंलाको मनोरम दृश्यावलोकन गर्दै रमाएका थिए ।

तस्बिरहरु ः सन्तोष गौतम म्याग्दी र वासुदेव पौडेल पोखरा । रासस
वि.सं.२०७३ असोज १२ बुधवार ०३:१४ मा प्रकाशित

























