back

मार्पाक दुर्घटना : भूकम्प पीडितको राहत बुझेर आउँदा दुर्घटनामा परि १९ को मृत्यु

वि.सं.२०७३ असोज १२ बुधवार

651 

shares
GLOBAL IME AD
NTC AD

१२ असोज । सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको रु ५० हजार रकम लिएर घर फर्कँदै गरेका १९ जनाले मंगलबार बस दुर्घटनामा ज्यान गुमाएका छन् ।
धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको उक्त बा ३ ख ३३१८ यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर मंगलबार मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो । ।

५० भन्दा बढी यात्रु बोकेको उक्त बा ३ ख ३३१८ नम्बरको बस पल्टिएदा दुर्घटना भएको जिप्रका धादिङले जनाएको छ । घटनास्थल सदरमुकामदेखि ३५ किलोमिटर टाढा पर्छ ।

दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी, पद्मबहादुर थापा, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामा हुनुहुन्छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । जिल्ला सदरमुकामतर्फ ल्याइएका घाइते र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएका घाइतेहरूको सङ्ख्या यकिन गर्न नसकिएको उद्धारमा संलग्न मरिचमान तामाङले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका मिलन तामाङ, नोमो लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, ईश्वर सुवेदी, मनिङ तामाङ, टेकुमाया घले, मातेन तामाङ र छेले तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै ल्याइएको छ ।

वि.सं.२०७३ असोज १२ बुधवार ०३:२४ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन...

चिया बेचेरै मासिक ५० हजार आम्दानी

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...