back
CTIZAN AD

मार्पाक दुर्घटना : भूकम्प पीडितको राहत बुझेर आउँदा दुर्घटनामा परि १९ को मृत्यु

वि.सं.२०७३ असोज १२ बुधवार

1.8K 

shares

१२ असोज । सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको रु ५० हजार रकम लिएर घर फर्कँदै गरेका १९ जनाले मंगलबार बस दुर्घटनामा ज्यान गुमाएका छन् ।
धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको उक्त बा ३ ख ३३१८ यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर मंगलबार मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो । ।

५० भन्दा बढी यात्रु बोकेको उक्त बा ३ ख ३३१८ नम्बरको बस पल्टिएदा दुर्घटना भएको जिप्रका धादिङले जनाएको छ । घटनास्थल सदरमुकामदेखि ३५ किलोमिटर टाढा पर्छ ।

दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी, पद्मबहादुर थापा, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामा हुनुहुन्छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । जिल्ला सदरमुकामतर्फ ल्याइएका घाइते र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएका घाइतेहरूको सङ्ख्या यकिन गर्न नसकिएको उद्धारमा संलग्न मरिचमान तामाङले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका मिलन तामाङ, नोमो लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, ईश्वर सुवेदी, मनिङ तामाङ, टेकुमाया घले, मातेन तामाङ र छेले तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै ल्याइएको छ ।

वि.सं.२०७३ असोज १२ बुधवार ०३:२४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...