back
CTIZAN AD

विभिन्न मुद्दामा फरार आठजना पक्राउ

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.1K 

shares

१४ असोज, राजविराज । विभिन्न मुद्दामा फरार आठ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले दुई दिनमा फरार आठ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी भीमप्रसाद ढकालले बताउनुभयो । जिल्ला अदालत राजविराजबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना १८ दिन कैद पाएर विगत १६ वर्षदेखि फरार रहेका जोगिनिया–२ ९हाल हनुमाननगर योगिनिमाई नपा–२० बस्ने खुसीलाल मण्डल र मिश्रीलाल मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घरबाटै पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले २०५७ माघ १३ गते ६ महिना १८ दिन कैद तोकेको थियो ।

यस्तै, सप्तरीको लालापट्टी–७ बस्ने ६५ वर्षीया साबित्रादेवी खङ्गको हत्या आरोपमा सोही ठाउँका ३० वर्षीया पञ्चदेव खङ्गलाई समेत कर्तव्य ज्यान मार्ने मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बोक्सी मुद्दा आरोपमा फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको इनरुवा–५ का राजाराम मण्डल, रामेश्वर मण्डल, दीपक मण्डल, दुःखी मण्डल र ब्रह्मदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

क्याम्पसमा चोरी

यसैबीच, सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार राति चोरी भएको छ । करिब मध्यरातमा पाँच÷छजनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छवटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसमा राति दुईजना पाले सुतेपनि मध्यरातमा चोरले क्याम्पसको पश्चिमी गेटको ढोका तोडेर पसेको र क्याम्पसभित्र रहेका प्राध्यापक सङ्घको कोठा, क्याम्पसको पश्चिम ग्रिलको कोठा, जेनेरेटर कोठा, कम्प्युटर कोठा र माथिलो तल्लामा रहेको विज्ञान सङ्कायको कोठाको ताला फुटाइएको बताइएको छ । ती चोरले क्याम्पसमा ताला फुटाए पनि राति असजिलो भएपछि खासै सामान लान भने नपाएको क्याम्पस प्रमुख मिश्रले भन्नुभयो । रासस

वि.सं.२०७३ असोज १४ शुक्रवार ०३:११ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...