
१४ असोज, काठमाण्डौं । साकुरा नेपाल कन्सल्टेन्सीमा कोरियन भाषा अध्ययन गरी सातौ कोरियन भाषा परीक्षा २०१६ मा उतिर्ण हुने विद्यार्थीहरुलाई शुभकामना सहित विदाई गरेको छ ।
कन्सल्टेन्सीले बुधबार एक कार्यक्रमको आयोजना गरी भाषा परीक्षा २०१६ मा उतिर्ण हुने विद्यार्थीहरुलाई शुभकामना सहित विदाई गरेको हो ।
साथै भाषा अध्यापनमा संलग्न शिक्षकहरु मनोज वाराकोटी , अच्युतम लामिछाने लगायत अन्य शिक्षकहरुलाई कन्सल्टेसन्सीले सम्मान गरेको छ ।
साकुरा नेपालका प्रवन्ध निर्देशक अनुज कुमार श्रेष्ठल विद्यार्थीलाई बिदाइ र शिक्षकलाई सम्मान गर्दैे देशको कमजोर अर्थ तन्त्र र अस्थिर राजनीतिक परिस्थितिको कारण रोजगारी सृजना नहुदा देशका योग्य युवाशक्ति विदेश पलायन हुन बाध्य हुनु दुःखद भएको बताए । कोरियामा सिकेको सीप र दक्षतालाई भावी दिनमा नेपालमा प्रयोगमा ल्याउन पनि उनले विद्यार्थीलाई अनुरोध गरे ।
हरेक बर्ष विद्यार्थी लाई यसरी नै सम्मान कार्यक्रम सहित विदाई गर्ने गरिएको साकुराका निर्देशक सजनी श्रेष्ठले बताइन । साकुरा नेपाल कन्सल्टेन्सीले वर्षौँदेखि भरपर्दाे काममा विद्यार्थी पठाउने काम गरेको छ ।
वि.सं.२०७३ असोज १४ शुक्रवार ०७:४४ मा प्रकाशित