back
CTIZAN AD

रासस कर्मचारी युनियनमा खड्का

वि.सं.२०७३ असोज १५ शनिवार

2K 

shares

१५ असोज, काठमाडौं । राष्ट्रिय समाचार समितिको कर्मचारी युनियनको अध्यक्षमा कालिका खड्का चयन हुनुभएको छ ।
रासस केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित युनियन घोषणा कार्यक्रमले नौ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । जसको उपाध्यक्षमा कुमार दङ्गाल, सचिवमा तिलक भुसाल र कोषाध्यक्षमा मुना भण्डारी रहनुभएको छ ।

त्यस्तै सदस्यमा हरि बास्तोला, कमला पौडेल, सुमित्रा अधिकारी, भोला पौडेल र चन्द्रलाल श्रेष्ठ तथा सल्लाहकारमा श्याम रिमाल, तीर्थ भट्टराई, भरत केसी र प्रकाश सिलवाल रहनुभएको छ ।१५ असोज, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी युनियनको शुक्रबार घोषणा गरिएको छ ।

उक्त कार्यक्रममा कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) काअध्यक्ष विष्णु रिमालले युनियनको उद्घाटन गर्दै युनियनले समग्र कर्मचारीको हकहितका लागि काम गर्नुपर्ने बताउँदै युनियन धेरै भए भने संस्थानका हकहितका पक्षमा प्रतिस्पर्धात्मक रुपमा काम हुने विचार व्यक्त गर्नुभयो । उहाँले सञ्चारमाध्यमले श्रमजीवीका पक्षमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नका लागि सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पेसागत फाँटका इन्चार्ज डा राजन भट्टराईले युनियनले सामूहिक ढङगबाट काम गर्नुपर्ने बताउनुभयो । पेसागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकु¥यालले युनियन पेसाकर्मीको हकहितका लागि क्रियाशील हुनुपर्ने बताउनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले युनियनले समग्र कर्मचारीको उन्नयनका लागि काम गर्नुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले युनियनले श्रमजीवीका आन्दोलनलाई सहयोग पु¥याउने उल्लेख गदै सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुनु दुःखद् भएको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालका अध्यक्ष गोविन्द पौडेल, राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका वरिष्ठ उपाध्यक्ष रामलाल श्रेष्ठ, रासस कर्मचारी सङ्घका कावा अध्यक्ष केदार तिम्सिना लगायतले राससका सबै सङ्घसंस्था मिली कर्मचारीका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७३ असोज १५ शनिवार ०३:०२ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...