Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

थाइल्यान्ड नेपाल मैत्री दसैँ फेस्टिबल सुरु



१५ असोज, काठमाडौँ । । थाइल्यान्ड नेपाल मैत्री दसैँ फेस्टिबल शुक्रबारदेखि यहाँ प्रारम्भ भएको छ ।

फेस्टिबलमा दिइएको जानकारीअनुसार त्यस फेस्टिबलमा थाइल्यान्डका ४० र बङ्गलादेशका ३० तथा पाकिस्तान सहितका मुलुकका कुल १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानको निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ र छालाजन्य उत्पादन प्रर्दशनी र बिक्रीका लागि राखिएको छ ।

नेपालका लागि थाइल्यान्डका नायब राजदूत (डेपुटी एम्बसडर¬) एके अथिरामले यस मेलाबाट नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध विकास गर्न सहयोग पुग्नुका साथै नेपालले उत्पादन गर्न नसकेका उच्च गुणस्तरका थाई सामान नेपाली गृहिणीसम्म पु¥याउन सकिने बताउनु भयो ।

थाइल्यान्ड–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजयकुमार मुडभरीले थाइल्यान्डमा नेपाली वस्तु निर्यात गर्न चाहने व्यवसायीलाई प्रोत्साहन गर्न पनि यो कार्यक्रम गरेको जानकारी दिनुभयो ।

ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष सविन श्रेष्ठले उत्कृष्ट तथा उच्च गुणस्तरका थाई सामान उत्पादन गर्दै आएको थाइल्यान्डको सामान नेपाली उपभोक्तामाझ पु¥याउने उद्देश्य फेस्टिबल गरिएको बताउनुभयो ।

नेपालका लागि थाई अधिराज्यको राजदूतावास, थाइल्यान्ड नेपाल चेम्बर अफ कमर्स तथा ललितपुर उद्योग वाणिज्य सङ्घको विशेष सहयोगमा सो मेला भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ