back
CTIZAN AD

थाइल्यान्ड नेपाल मैत्री दसैँ फेस्टिबल सुरु

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

१५ असोज, काठमाडौँ । । थाइल्यान्ड नेपाल मैत्री दसैँ फेस्टिबल शुक्रबारदेखि यहाँ प्रारम्भ भएको छ ।

फेस्टिबलमा दिइएको जानकारीअनुसार त्यस फेस्टिबलमा थाइल्यान्डका ४० र बङ्गलादेशका ३० तथा पाकिस्तान सहितका मुलुकका कुल १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानको निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ र छालाजन्य उत्पादन प्रर्दशनी र बिक्रीका लागि राखिएको छ ।

नेपालका लागि थाइल्यान्डका नायब राजदूत (डेपुटी एम्बसडर¬) एके अथिरामले यस मेलाबाट नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध विकास गर्न सहयोग पुग्नुका साथै नेपालले उत्पादन गर्न नसकेका उच्च गुणस्तरका थाई सामान नेपाली गृहिणीसम्म पु¥याउन सकिने बताउनु भयो ।

थाइल्यान्ड–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजयकुमार मुडभरीले थाइल्यान्डमा नेपाली वस्तु निर्यात गर्न चाहने व्यवसायीलाई प्रोत्साहन गर्न पनि यो कार्यक्रम गरेको जानकारी दिनुभयो ।

ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष सविन श्रेष्ठले उत्कृष्ट तथा उच्च गुणस्तरका थाई सामान उत्पादन गर्दै आएको थाइल्यान्डको सामान नेपाली उपभोक्तामाझ पु¥याउने उद्देश्य फेस्टिबल गरिएको बताउनुभयो ।

नेपालका लागि थाई अधिराज्यको राजदूतावास, थाइल्यान्ड नेपाल चेम्बर अफ कमर्स तथा ललितपुर उद्योग वाणिज्य सङ्घको विशेष सहयोगमा सो मेला भएको हो ।

वि.सं.२०७३ असोज १५ शनिवार ०३:०७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...