back
CTIZAN AD

डा केसीको मागप्रति सरकार गम्भीर छ–स्वास्थ्यमन्त्री

वि.सं.२०७३ असोज १५ शनिवार

966 

shares

gagan thapa

१५ असोज, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अनशनरत डा गोविन्द केसीसँग भेट गरी उहाँका मागका बारेमा सरकार गम्भीर रहेको अवगत गराउनुभएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शुक्रबार पुगी मन्त्री थापाले सरकारले यसअघि गरेका सहमति पूरा गर्ने प्रक्रियामा रहेको जानकारी गराउनु भएको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताव पौडेलले जानकारी दिनुभयो ।

यही असोज १० गतेदेखि डा केसीले पुनः नवौँ आमरण अनशन सुरु गर्नुभएको छ । आइओएमको डिन नियुक्ति प्रक्रिया अविलम्ब अगाडि बढाउने सम्बन्धमा शिक्षा मन्त्रालयबाट आवश्यक निर्देशन भइसकेको र सातै प्रदेशमा कम्तीमा एउटा सरकारी चिकित्सा महाविद्यालय स्थापना गर्ने विषयमा मन्त्रालयले मन्त्रिपरिषद्मा कार्ययोजना पेस गरिसकेको मन्त्री थापाले डा केसीलाई जानकारी गराउनुभएको थियो ।

विगतदेखि नै डा केसीका मागप्रति सकारात्मक रहँदै आउनुभएका स्वास्थ्यमन्त्री थापाले केसीको मागअनुसार मनमोहन प्रतिष्ठानको विधेयक संसद्बाट फिर्ता लिई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले किन्ने सम्झौता भइसकेको जानकारी गराउनुभयो ।

त्यस्तै, चिकित्सा शिक्षा विधेयकमाथि संसद्मा छलफल गर्ने वातावरण बनिसकेको, विगतमा भएको सम्झौता र माथेमा कार्यदलको सुझावसमेत ध्यानमा राखी नयाँ चिकित्सा ऐन नबन्दासम्म नयाँ चिकित्सा शिक्षा महाविद्यालयलाई सम्बन्धन दिने प्रक्रिया सरकारले रोकिसकेको बताउनुभएको सल्लाहकार पौडेलले जानकारी दिनुभयो ।

चारबुँदे माग राखी विगतमा आठ पटकसम्म आमरण अनशन बस्नुभएका उहाँले चिकित्सा शिक्षा ऐन यही संसदबाट पारित गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षाको शुल्क माथेमा आयोगले सुझाएअनुसार लिनुपर्ने र त्यसपछि शुल्क समायोजनका लागि बनाइएको समिति खारेज गर्नुपर्ने माग राख्नुभएको छ ।

वि.सं.२०७३ असोज १५ शनिवार ०३:११ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...