back
CTIZAN AD

सार्कका निर्णयलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्ने

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

१५ असोज, काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारितासम्बन्धी दुईदिने क्षेत्रीय सम्मेलन शुक्रबार यहाँ सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा बिहिबारदेखि सुरु भएको सम्मेलनले सार्कमा हालसम्म भएका निर्णयको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको छ । त्यस्तै, सार्कलाई अधिकार सम्पन्न बनाई विद्यमान संरचनालाई परिर्वतन गर्नुपर्ने र दुई देश भारत र पाकिस्तानको झगडाले सार्कलाई प्रभावित पार्न नहुनेमा पनि सम्मेलनले निष्कर्ष निकालेको छ ।

आगामी सम्मेलनको आयोजना गर्न नेपालले पहल गर्नुपर्ने विषयमा पनि सम्मेलनमा विशेष छलफल भएको थियो ।

सार्कको हालको भूमिकालाई थप प्रभावकारी बनाउन सार्कस्तरीय संसद् बनाउनुपर्नेमा पनि जोडदारका साथ आवाज उठेको सम्मेलन आयोजक समिति सदस्य श्याम श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

यसैबीच सम्मेलनको समापन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुपक्षीय हित र आर्थिक समृद्धिका लागि भावी रणनीति तय गर्न सम्मेलन उपयोगी भएको उल्लेख गर्नुभयो ।

सन् २०१४ मा काठमाडौँमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सम्मेलनले सुझाव दिएको छ ।

वि.सं.२०७३ असोज १५ शनिवार ०३:१२ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...