back
CTIZAN AD

आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौँ – वरिष्ठ नेता पौडेल

वि.सं.२०७३ असोज १५ शनिवार

1.2K 

shares

ram-chandra-paudel

१५ असोज, काठमाडौँ  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो ।

नेता रामचन्द्र पौडेलले भन्नुभयो, “संविधानमा मधेसीका अधिकारका विषयमा केही कमी कमजोरी होलान आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौँ ।”

राजनीतिक दलबीच संविधान कार्यान्वयनको कुरा हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै उहाँले यसलाई सबै राजनीतिक दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले संसदीय प्रजातन्त्र नमानेका कारण मुलुकमा अस्थिरता पैदा भएको उल्लेखगर्दै नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउने काम गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले सीमाङ्कनमा जाँदा जिल्लालाई टुक्र्याउन नहुने धारणा राख्दै जिल्लालाई टुक्र्याएर मुलुकमा झन् अस्थिरता सिर्जना हुने बताउनुभयो ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले नेपाली पत्रकारिताको पुरानो संस्था प्रेस युनियन भएको भन्दै युनियनले श्रमजीवी पत्रकारको हक, हितमा बारम्बार लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १४:३८ मा प्रकाशित

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...