back
CTIZAN AD

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

वि.सं.२०७३ असोज १७ सोमवार

1.5K 

shares

१७ असोज,इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ ।

रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् ।

इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको रेडपाण्डा नेटवर्कका सुमित गौतमले बताउनुभयो । मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल जानुपर्ने हुन्छ । एप्लिकेसनसँगै जिपिएसको समेत प्रयोग हुन थालेको छ ।

वन अभिभावक पनि मोबाइलबाट रेडपाण्डाको अनुगमन हुने भएपछि चोरी निकासी नियन्त्रण गर्न सकिनेमा ढुक्क भएका छन् । ‘मोबाइलबाट काम गर्दा छिटो हुने र प्रभावकारी हुन्छ,’ वन अभिभावक अर्जुन राईले भन्नुभयो ।
रेडपाण्डा संरक्षणका लागि इलाममा उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले नियमित अनुगमन र रेखदेख गरिरहेका छन् । रेडपाण्डा नेटवर्क नेपालबाट सन् २०११ देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजना सञ्चालन भइरहेको छ । संरक्षणसम्बन्धी चेतना फैलाउन तीन वटै जिल्लाका विभिन्न विद्यालयमा रेडपाण्डा शिक्षा सुरू गरिएको छ । इलामको पुवामझुवा, माइमझुवा, माइपोखरी, माबु, जमुना, प्याङ, जोगमाई, नयाँबजारलगायतका गाविसमा रेडपाण्डा पाइन्छ ।

यसअघि पनि रेडपाण्डा संरक्षणका लागि क्यामेरा जडान गरिएको थियो । तर तस्करले क्यामेरा फुटाएर रेडपाण्डा तस्करी गर्न थालेपछि एप्लिकेसनको प्रयोग थालिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कृष्ण राईले भन्नुभयो । इलाम, पाँचथर र ताप्लेजुङमा करिब अढाई सय भन्दा बढीको सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिएको छ । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०४:०२ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...