खेल अब खेल मात्र नरहेर त्यसले आयोजक देशको अर्थ व्यवस्थामा ठूलो असर पार्न थालेको विज्ञहरु बताउछन् । संसारका धेरै देशको सपना विश्वकपको आयोजना गर्नु रहेको हुन्छ ।
यसले खेलाडीलाई त फाइदा हुन्छ नै त्यसका साथै आयोजकलाई पनि फाइदा हुन्छ ।
यसपटक विश्वपको आयोजना गरेको रुसको अर्थ व्यवस्थामा पनि ठूलो असर गर्ने देखिन्छ । एकमहिने महाकुम्भ मेलामा संसारका झण्डै ६ लाख मानिसहरु रसिया पुगेका छन् । रसियाले खेल आयोजनाका लागि ११ सय करोड डलर खर्च गरेको छ । अर्थविज्ञहरुका अनुसार ११ सय करोड लगानी गरेको रुसले सबै गरेर झण्डै ३ हजार करोड डलर कमाउने अनुमान गरिएको छ ।
मेकेन्जी कन्सल्टेन्सीको एक रिर्पोट अनुसार विश्वकपका कारण रुसको आन्तरिक जीडिपीमा १५ सय करोड डलर फाइदा हुने देखिन्छ ।
रुस भन्दा पहिले जुन जुन देशमा विश्वकपको आयोजना भएको थियो ती देशको अनुभवबाट पनि अनुमान गर्न सकिन्छ । सन् २००२ मा जापान र कोरियाको संयुक्त आयोजनामा कोरियालाई झण्डै ९ सय करोड डलर फाइदा भएको थियो । त्यस्तै २००६ मा जर्मनीमा आयोजित विश्वपकमा जर्मनीले १२ सय करोड डलर र २०१० मा दक्षिण अफ्रिकाले ५०० करोड डलर कमाएको थियो । विविसी
वि.सं.२०७५ असार ४ सोमवार १८:२९ मा प्रकाशित
























