back
CTIZAN AD

नेतृत्व विकास तथा महिला अधिकारसम्बन्धी तालिम

वि.सं.२०७३ असोज १८ मंगलवार

1.3K 

shares

१८ असोज,गुलरिया (बर्दिया)। नेतृत्व विकास तथा महिला अधिकारसम्बन्धी तालिम यहाँ सम्पन्न भएको छ ।

पदनाहा गाविस–२ स्थित सनराइज रेडियो स्रोता समूहको आयोजनामा पाँचदिने तालिम सञ्चालन भएको हो । ग्रामीणस्तरका महिलामा नेतत्व विकास र राज्यले दिएको महिला अधिकारसम्बन्धी जानकारी साझेदारी विकास परियोजनाअन्तर्गत इक्वेल एक्सेसद्वारा सञ्चालित स्रोता समूहले दिएको थियो ।

तालिममा सहभागीलाई सिकाइसम्बन्धी सिद्धान्त, सिकाइका तह, सकारात्मक सोच, नेतृत्व, सहजीकरणको मान्यता, असल सहजकर्ताको भूमिका, सुनाइका बाधा, प्रभावकारी सुनाइ विधि, सहभागिताका किसिम, लैङ्गिकताका आधारमा महिला र पुरुषको कार्य जस्ता विषयमा सहजीकरण गरिएको थियो ।

तालिममा पदनाहा गाविसका वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, महिला सशक्तीकरण समूह, युवा सञ्जाल, आमा समूह, कृषक समूह, गाविस र स्रोता समूहका मानिसको सहभागिता थियो । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार ०५:५२ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...