back

उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क सेनाको बस सञ्चालन

वि.सं.२०७३ असोज १८ मंगलवार

678 

shares
IME Limited
NTC AD

१८ असोज,काठमाडौँ । नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बस सेवा सुरु गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आजदेखि सुरु भएको सो सेवाअन्तर्गत काठमाडौँदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन भएको छ । सो सेवा प्रतिसैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीन दिन काठमाडौँ उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा सुविधा पु¥याउन छुट्टाछुट्टै मार्गमा बस सञ्चालन गर्ने जनाएको छ ।

ती बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालन हुने प्रबन्ध मिलाइएको र मार्गसम्बन्धी विवरण पछि जानकारी गराइने निर्देशनालयकोे विज्ञप्तिमा उल्लेख छ । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार ०७:४२ मा प्रकाशित

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...