back
CTIZAN AD

एकल महिलाको तथ्याङ्क संकलन, आयमुलक कार्यक्रम सञ्चालन गरिने

वि.सं.२०७५ असार २३ शनिवार

711 

shares

२३ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका एकल महिलाका लागि सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले उपमहानगरमा रहेका एकल महिलाको विस्तृत विवरणसहितको तथ्याङ्क समग्री शुक्रबार बुझ्दै एकल महिलाका लागि आवश्यकतानुसारका सीपमूलक कार्यक्रम सञ्चालन गरिने बताए ।
उपप्रमुख गुमादेवी आचार्यले नगरलाई लैंगिक हिंसामुक्त बनाउने अभियानस्वरुप महिलाका आर्थिक, सामाजिक अधिकारका क्षेत्रमा विशेष कार्यक्रम बनाइने बताइन् ।

उपमहानगरपालिकाको सहयोगमा मानवाधिकारका लागि महिला एकल महिला समूहले नगरभरिका एकल महिलाको तथ्याङ्क संकलन गरी नगरप्रमुख र उपप्रमुखलाई बुझाएको थियो । उक्त समूहमा रहेका नौ महिलाले गत वैशाख १ गतेदेखि नगरका एकल महिलाको तथ्याङ्क संकलन गरेको समूहका अध्यक्ष पवित्रा खनालले जानकारी दिइन् ।

समूहका सचिव नारायणी पाटा मगरले एकल महिलाका समस्यासमेत अभिलेखमा समावेश गरिएको बताइन् । नगरमा १८ देखि १०७ वर्ष उमेर समूहका एकल महिला रहेको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा धेरै एकल महिला वडा नं ११ मा ८८५ जना रहेको समूहका अर्का सदस्य अरुणा श्रेष्ठले जानकारी दिइन् । सबैभन्दा कम ६३ जना वडा नं ४ मा छन् ।

एकल महिलामा आर्थिक अवस्था कमजोर, अंशबन्डा नपाइने, नागरिकता बनाउन समस्या हुने, छोराछोरीलाई छात्रवृत्ति, शिक्षा, स्वास्थ्य रोजगारीलगायत साझा समस्या रहेको अभिलेखमा समेटिएको छ । कतिपय एकल महिला भेदभावको शिकार भइरहेको शिक्षा र समाजबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको तथ्याङ्क संकलनमा खटिएकी पाटा मगरले बताइन् ।

सो अवसरमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसी, प्रवक्ता रामप्रसाद रेग्मी तथा कार्यपालिका सदस्य र सामाजिक विकास शाखाका प्रमुख भुवाप्रसाद लुइँटेललगायतले तथ्याङ्कले योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

वि.सं.२०७५ असार २३ शनिवार ०९:०३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...