कुनै एक व्यक्तिका लागी तपाई नराम्रो साबित भए पनि हरु कसैका लागि अति उपयोगी बन्न सक्नुहुन्छ । तसर्थ कसैले खराब र दोषी भन्दैमा आफु मुल्यहीन बनेको सम्झेर दुखी नहुनुहोस् ।
हामी भोजन दुषित नहोस् र शुद्घ होस् भन्ने प्रयास गर्छौ । किनकि यसले पेट खराब गर्छ । तर हाम्रो जीवन र मानसिकता खराब गर्ने दुिषत विचारतर्फ भने हाम्रो विरलै ध्यान गएको हुन्छ । एक दिनको दुषित खानाले ब्याक्टेरिया फैलाउँछ तर औषधि खाएपछि पुनः स्वस्थ बनिन्छ । दिमागमा दुिषत विचार फैलिएपछि त्यसको औषधि गर्न निकै समय लाग्छ र औषधि बजारमा खरिद गर्न सकिदैन । दुषित विचारप्रति सचेत रहेर समयमै यसको निदान खोज्न सकिन्छ ।
वैज्ञानिक आइन्स्टाइन भन्छन्, राम्रो देखिन जति सजिलो छ साँच्चै राम्रो बन्न उतिनै गाह्रो छ । अरm कसैलाई देख्नासाथ उसको राम्रो भन्दा पनि खराब पक्ष दिमागमा आउँछ भने त्यो दुषित विचारको बीज हो । किनकि कुनै पनि व्यक्ति खराब गुणको मात्र पक्कै हुँदैन । कसैलाई खराब भनेर लेप लगाउन साथ एकछिन तपाईलाई राहत मिले पनि, अरु प्रतिको ईष्यामा तृप्ति मिले पनि त्यसले अरुलाई बढी घात गरिरहेको हुन्छ ।
मनोवैज्ञानिकहरmको अनुसन्धानले देखाएको छ कि अरुको कुभलो सोच्ने,कुरा काट्ने मानिसको दिमागमा बिस्तारै सकारात्मकपन रित्तिदै जान्छ र अन्त्यमा अरmको राम्रो सुन्न नसक्ने बानी बिकास हुन्छ जुन उसको शरीर र मनका लागि सदैव घातक हुन्छ । उसका खुसीका ढोका बन्द हँुदै जान्छन् । अरुको प्रगति देख्नासाथ जलन र ईष्र्याले दःुखि हुने बानी बढ्छ । संसारमा आफ्ना वरिपरि कसै न कसैले कुनै न कुनै क्षेत्रमा मेहनत गरेर प्रगति गरिरहेकै हुन्छ । यो संसारको रित हो ।
यस्ता प्रगतिका समाचार हरेक दिन सुन्नमा आउँछ ,अरुको भलो सुन्नासाथ मन खुम्चाउने बानी परेकाहरु हरेक दिन दुःखि रहन्छन् । बिहेमा बुहारीले केके लिएर आई भनेर लुकिलुकि हेर्ने समाज उसले केके छाडेर आकी छ भनेर अन्दाज समेत गर्दैन । कसैले उपहार दियो भने त्यो उपहार दिन कति खर्च गर्नुपर्याे । पैसाभन्दा पनि त्यो पाउन,बजार जान,त्यसलाई आफुसम्म ल्याउन,उसले कति मुल्यवान खर्च गर्यो त्यो हेरिदैन बरु उसले हेर्छ के उपहार छ ,उसले सोचेजस्तो छ कि छैन !
यी साना कुरा हुन तर यसले मनमा दुखाएको जरा गाडेर विशाल बनाइदिन्छ । सानातिना खोल्सामा अलिकति ढल र नाली पस्यो भने त्यो दुषित हुन्छ । तर महासागरमा जति ढल मिसाउ विषाक्त हुँदैन ।
तसर्थ महाचेतना बन्ने अभ्यास गरौ त्यसमा विशाल आरोहअवरोहका बीच पनि आनन्दमा रहन सक्छ । नकारात्मक सोचमा बाँचिरहदा यस युग र समाजप्रति सकारात्मक सोच र चिन्ता गर्नेहरु केहि बिउको रुपमा भेट्न सकिन्छ ।
मानिसका समस्याहरु लाई समाधान गर्ने समग्र उपाय जवसम्म हामीले अवलम्बन गर्दैनौ तबसम्म समस्याहरुको दुष्चक्रमा हामि फसिरहनेछौँ ।
हाम्रो जीवन अनेक आयामहरुको सम्मिलित एकाइ भएकाले सामान्य बुिद्धले मात्र समस्याहरु सुल्झिँदैनन । हामी शरीर मात्र होइनाँै, बुिद्ध मात्रै पनि होइनौ तर हाम्रा शिक्षा प्रणाली र विश्वविद्यालयहरुले यो सत्यलाई स्वीकारेको छैन । उनीहरुखालि बौद्धिक खुराक प्रदान गर्नमा व्यस्त छन् ।
यो भन्दा माथि उठेर एक समग्र जीवनको लागि खासै प्रयास भइरहेको पाइँदैन शारीरिक शिक्षामा पनि खासै उल्लेख्य ध्यान गएको पाइदैन । शरीर र बुद्धिभन्दा माथिको ह्रदय जुन अत्यन्त संवेदनशील छ ,त्यसका लागि स्वस्थ खुराक र प्रशिक्षण छैन । ह्रदयमा भोजनप्रेम हो, सौन्दर्य हो,सङ्गीत हो, करुणा हो ।
यसको विकास गर्ने कला अलि गहन भएकाले यसका लागि साधना चाहिन्छ । किनभने साधारणतः मानिसहरु यसको आवश्यकता नै ठान्दैनन् । स्वामी अरुणको भाषामा हाम्रो सभ्यता भौतिकवादबाट बैद्धिकतामै गएर टुङ्गिएको हुनाले समस्याहरुको रास लागेको हो ।
हामी सावधिक सन्यासी, वैरागी वा योगी बन्न सक्छौँ । सावधिक सन्यासीको मतलब आफ्नो कामधन्दामा पनि बस्ने र साधनलाई पनि समय दिने ।
त्यस बेला व्यापार ,व्यवासाय र कामलाई पुरै बिर्सिदिऔँ । शरीरको लागि योग गरौँ ,शान्त मन र शरीरका लागि राम्रो साहित्य पढौँ ,जीवन रmपान्तरणका प्रवचनहरु सुनौँ ।
विज्ञानमय शरीरका लागि ध्यान गरौँ । यी चार आयामलाई मिलाउने हो भने सानो प्रयास प्रसाद बन्न सक्छ ।उपनिषदले के भन्छन भने अन्नमय कोष , मनोमय कोष,र विज्ञानमय कोष यी चारै कोष स्वस्थ र सामञ्जस्यमा भए भने कोषको प्राप्ति हुन्छ ।
मनुष्य जीवन आनन्दले आतप्रोत हुन्छ । यो मानव जीवनको उच्चतम उपलब्धि हो । जबसम्म यी चारै शरीरले आफ्नो पोषण पाउदैनन् जति धन थुपारे पनि, जति शक्ति हातमा आए पनि जति मानसम्मान अरmबाट पाए पनि वास्तबमा दुःखी चिन्तित रहन्छौ ।
अरुलाई प्रेम गर्न र खुसी बनाउन पहिला प्रेम गर्ने व्यक्ति नै खुसि हुनुपर्छ । लिनुमा भन्दा दिनुमा आनन्द आयो भने मात्र त्यो सच्चा प्रेम हो । अहिले खुसि हुनका लागि सुधार्नु पर्ने कुरा यही हो ।
भोजनबाट बनेको अन्नमय कोष ( शरीर ),उर्जाबाट बनेको प्राणमय कोष, विचारबाट बनेको मनोमय कोष, विचारहरुलाई निरपक्ष हेर्ने क्षमता भएको विज्ञानमय कोष आनन्द स्वाभले बनेको आनन्दमय कोषको सत्यलाई आजैबाट चिन्ने प्रयास गरौँ ।
आचार्य राजन शर्माद्धारा लिखित ‘सुखसूत्र’ बाट लिइएको
वि.सं.२०७५ असार २५ सोमवार १३:०४ मा प्रकाशित