back
CTIZAN AD

बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै

वि.सं.२०७३ असोज ३० आइतवार

903 

shares

३० असोज,कञ्चनपुर। कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त हलिया, दलित, वादी, भूमिहीन, सुकुम्बासी र अपाङ्गता भएका बालबालिका बढी रहेका छन् ।

“आधारभूत तहमा भर्ना भएका आर्थिक अवस्था कमजोर रहेका पाँचदेखि १० प्रतिशत बालबालिकाले मात्रै माध्यमिक तहसम्म पुग्ने गरेको पाइएको छ ।

आधारभूत तहको कक्षा ५ सम्म जेनतेन पढे पनि त्यसपछि अभिभावकसँगै मजदुरी गर्न भारततर्फ जाने भएकाले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो ।

यसलाई न्यूनीकरण गर्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन भइरहेको र दिवा खाजा कार्यक्रम माग गरिएको सहायक जिल्ला शिक्षा अधिकारी भट्टले बताउनुभयो ।

सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

बालबालिकाको पढ्ने बानीको विकास गराउने उद्देश्यले कञ्चनपुरका २६१ सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस)को रु दुई करोड ३४ लाख ५५ हजार ७५६ सहयोगमा दुई वर्षे कार्यक्रम सञ्चालन गरिएको हो ।

बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि घरमा पढ्ने वातावरण सिर्जना गर्ने र अभिभावकलाई यसका लागि उत्तरदायी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बेसका कार्यक्रम संयोजक तिलक चौधरीले बताउनुभयो ।

स्रोत केन्द्र, विद्यालय र गाउँघरस्तरमा पढ्ने वातावरणका लागि टोल कक्षा सञ्चालन गरिएका छन् ।

आधारभूत तहको कक्षा १ देखि ३ सम्मका बालबालिकाले किताबमा लेखिएका अक्षरहरु उच्चारणसमेत गर्न नसक्ने अवस्थाका रहेकाले उनीहरुलाई किताब पढ्न सक्ने र हिसाब गर्न सक्ने बनाउनका लागि टोल टोलमा कक्षा सञ्चालन गरी सघाउ पु¥याउने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०५:०६ मा प्रकाशित

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...