back
CTIZAN AD

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

वि.सं.२०८२ फागुन २६ मंगलवार

459 

shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन परिणामलाई आधार बनाएर पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै नयाँ नीति र योजना तय गरेर अघि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले वर्तमान राजनीतिक परिस्थितिको वस्तुनिष्ठ विश्लेषण र संश्लेषण आवश्यक रहेको उल्लेख गर्दै त्यसका आधारमा पार्टीले आगामी रणनीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

श्रेष्ठका अनुसार पार्टीभित्र एकता, ध्रुवीकरण, सहकार्य तथा संयुक्त मोर्चाको माध्यमबाट समग्र रूपान्तरण र पुनर्गठनको प्रक्रिया अघि बढाउन आवश्यक छ। उनले पार्टीलाई पुनर्गठित गर्दै देश र जनताको हितमा संघर्षका कार्यक्रम र नीति तयार गरी दृढतापूर्वक अघि बढ्नुपर्ने बताएका छन्।

उनले पार्टीको कार्यदिशा शान्तिपूर्ण परिवर्तनमा आधारित रहेको उल्लेख गर्दै निर्वाचन र सरकारमार्फत हुने कामलाई महत्वपूर्ण मानिए पनि त्यसलाई मात्र सम्पूर्ण राजनीतिक कार्यको रूपमा लिन नहुने बताए।

श्रेष्ठले धैर्य, विवेक र साहसका साथ पार्टीलाई सुदृढ बनाउँदै जनताको पक्षमा प्रतिबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

 

 

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...