लेगोस, नाइजेरिया । गैरआबासिय नेपाली संघ, नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
लेगोसस्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार (नेपाली रु पचहत्तर हजार ) शनिबार लेगोसमा एक बिशेष कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

संघका नाइजेरिया अध्यक्ष जनक बिष्टले, एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा उक्त सहयोग केरला समाज नाइजेरियाका अध्यक्ष जसलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा एनआरएनए नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर , अफ्रिका क्षेत्रीय महिला संयोजक मन थापा, सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवालको समेत उपस्थिति थियो ।
वि.सं.२०७५ भदौ १० आइतवार १५:१९ मा प्रकाशित

























