साउदी अरबमा कार्यरत मधेशी समुदायका नेपाली युवाहरूद्वारा संचालीत मिथीला एकता समाज र अपन मिथीला सेवा समाज नामक संस्था लाई एकता गरेका छन् ।
नेपाली राजदूतावास रियादका स्थानीय कर्मचारी मो. अब्दुल रहिमको प्रमुख आतिथ्यता तथा निरज राय पटेलको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति सहित विभिन्न क्षेत्रीय समितीको चयन गरिएको हो ।
बैठकको सिलसिलामा नेपालको जनकपुरमा संचालित ‘अपन मिथीला सेवा समाज’ को मातहतमा कार्य गरिने गरी ‘अपन मिथीला सेवा समाज केन्द्रीय साउदि अरबिया’ नाम रहने गरी गठन गरिएको छ ।

नवगठित संस्थाको केन्द्रीय कार्य समितीको अध्यक्षमा मनोज कुमार ठाकुर, उपाध्यक्षद्वयमा जितेन्द्र याव एवम आसाराम यादव, कोषाध्यक्षमा लालबाबु यादव, सचिवमा बिल्टु मुखिया चयन भएका छन् भने प्रवक्तामा लाल बाबू साह रहेका छन् ।
यसैगरी सदस्यहरूमा शत्रुधन यादव, अरूण कुमार मण्डल, सत्यनारायण झा रहनेगरी ९ सदस्य कार्यकारी समिती गठन भएको छ । जसको प्रमुख सल्लाहकारक निरज राय पटेल रहेका छन् ।
बैठकका दौरान विभिन्न क्षेत्रिय समितीको गठन पनि गरिएको छ जस अन्तर्गत क्षेत्रीय समिती दमाम कालागी–अध्यक्षमा निर्गुन कुमार महतो, उपाध्यक्ष देव राय, कोषाध्यक्ष सुदिश मण्डल, सचिव राम चन्द्र महरा रहने छन् भने सदस्यहरूमा क्रमशः प्रदिप यादव,सौखीलाल मुखिया,उपेन्द्र यादव,प्रदिप यादव,राम दुलार चौधरि रहेका छन् ।
त्यस्तै क्षेत्रीय समिती जुवैलका लागि अध्यक्षमा (राम कुमार महतो उपाध्यक्षमा सुरेन्द्र कु.साह, कोषाध्यक्षमा शंकर महतो, सचिवमा देवसुन्दर दास र सदस्यरू : रामपुकार दास, कारीलाल यादव, प्रकाश चौधरी रहेका छन् ।

क्षेत्रीय समिती हाफमुन एस सी २ सनैयाका लागी : अध्यक्षमा रामपाल यादव, उपाध्यक्षमा ललन गोस्वामी कोषाध्यक्षमा चन्द्र मण्डल सचिवमा संजिव साह र सदस्यहरूमा मो.जहिर, सीताराम महरा, रामदयाल महरा, हनिफ राइन आदि रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मो.अव्दुल रहिमले नेपालमा जे जस्ता काम र पेशा गरेको भएता पनि साउदिमा कामदारको रूपमा आएकाले कामलाई पहिलो प्राथमिकता दिई बाँकी समयमा समाज सेवामा लाग्नु ह सबैको दायित्व भएको बताए । कामका साथसाथै समाज सेवामा लाग्नु राम्रो पक्ष भएको तथा नियम कानुनको दायराभित्र रहेर काम गर्नुपर्ने बताएका थिए ।
सो कार्यक्रमका अर्का वक्ता निरज रायले आफ्नो दुःख भन्दा छिमेकीको सुखले हाम्रो मैथिली समाज पीडित भएकाले अघि बढ्न नसकेको धारणा राखेका थिए ।

कार्यक्रमका अतिथीहरुलाई स्वागत गर्दै प्रवक्ता लालबाबु साहले वर्तमान भुगोलमा मिथीला राज्यको कुनै स्थान नभएको जिकिर गर्दै प्रत्येक मैथिली भाषीको छाती भित्र नेपालीपन कुदिएको भन्दै नेपालका सम्पूर्ण जात, धर्म र भाषि मध्ये मिथिला भाषा र पहिचान पनि एक रहेको दावि गर्दै मैथिलीको सम्मान र उचित पहिचान हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष मनोज ठाकुरले आफूलाई दिईएको जिम्मेवारी इमानदारीपूर्वक वहन गरी संस्थाको विकास एवं उत्थानको लागि हरपल अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका थिए भने भैपरि आउदा सहयोगका लागी पहल गरदिने तथा मधेश (मिथीला) मा जर्जर भई रहेको दाइजो प्रथा तथा अन्य विकृतिलाई उन्मुलन गरि विश्वमा मैथिली र मिथीलाको पहिचान बनाउने संस्थाको उद्धेश्य रहेकाले ‘अप्पन मिथीला सेवा समाज’ मा दिलो ज्यानले लागि पर्न आव्हान गरे ।
त्यसैगरी सचिव बिल्टु मुखियाले सम्पुर्ण मधेशी वर्गका युवा समुदायलाई प्रवासमा श्रम बेचि रहदा आफ्नो पहिचान र स्वदेशका लागि सक्दो सहयोग गरि सामाजिक कार्यमा अभिप्रेरित हुन आव्हान गरेका थिए । भने कार्यक्रमका सिलसिलामा सम्मान मधेशका अध्यक्ष त्रिलोकी साहले पनि आफ्नो मन्तव्य राखेका थिए ।
वि.सं.२०७५ भदौ १० आइतवार १७:३९ मा प्रकाशित
























