back
CTIZAN AD

दसैँको छ दिनमै ५३ जनामा डेङ्गु

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

 १ कात्तिक, रत्ननगर (चितवन) । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो ।

भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले आज जानकारी दिनुभयो ।

असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिनुभयो ।

अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । “चितवनमा समग्रमा देखिएको डेङ्गु रोगको सङ्क्रमणमध्ये ८० प्रतिशत रत्ननगरको बजार क्षेत्रमा छ,” केसीले भन्नुभयो – नियन्त्रण अभियान भने जारी राखेका छाँै ।”

दसैँको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन ।

“लामखुट्टे मार्न स्प्रे गर्ने र खोजेर नष्ट गर्ने उपाय छन्, स्प्रे गर्दा जनस्वास्थ्यमै असर पर्छ, त्यसकारण उत्तम उपाय भनेकै सर्वसाधारण आफैँ नै सचेत हुने र भाँडोमा जमेको पानी नष्ट गरी सरसफाइ गर्ने नै हो,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने भन्नुहुन्छ ।

बर्सेनि पानी जम्न नदिन भनेर सचेत गराउँदासमेत कतिपय स्थानमा अटेर गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोज र नष्ट गर अभियानका क्रममा समेत पटक पटक एकै घरमा लामखुट्टेका लार्भा फेला पार्नुले यो तथ्यलाई पुष्टि गर्छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यसले कुनै पनि भाँडामा जमेको सफा पानीमा बच्चा हुर्काउँछ । यसको खास उपचार पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:३७ मा प्रकाशित

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

धरान (सुनसरी) । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले...

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा...

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण...

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर...

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...