back

नेपाल भाउ खोज्दै र तर्साउंदै, बंगलादेश फकाउंदै र तान्दै

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares
GLOBAL IME AD
NTC AD

dharmkc

पछिल्लो समयमा नेपालीहरूको बैदेशिक रोजगारको प्रमुख गन्तब्य मुलुक बनेको साउदी अरबमा तेलको मूल्यमा आएको गिरावट, यमनसंगको युद्ध आदिका कारण यहां आएका कतिपय नेपालीहरूले तलब सुविधा नै पाउन नसकेको र नयां माग पनि घटे पछि नेपालबाट एकजनाले सोध्नुभयो – “धेरै नेपालीहरू जाने गरेका मलेशिया, साउदी जस्ता मुलुकहरूको रोजगारीमै समस्या आएपछि अब नेपालीहरू कहा जाने त ?” – “अब नेपालमै केही गर्ने, बाहिर नजाने” यसरी मैले सजिलो उत्तर त दिएं, तर यो जबाफ प्रश्नकर्तालार्इ सजिलो लागेन, शायद चित्तै बुझेन ! यसैबिच बर्षेनी बढ्दै आएको रेमिटान्स यसपटक दशैंका बेला समेत २% ले घटेको भन्दै नेपाल राष्ट्र बैंकले २ थोपा आंशु खसालिसकेको थियो । रेमिटान्स घट्नुका पछाडि बैदेशिक रोजगारमा जाने र रहनेको संख्या नै घट्नु हो भन्ने सबैले बुझ्न सक्ने सत्य तथ्य हो ।

कुनै बेला नेपालमा यति माग जान्थ्ये कि म्यानपावरले जाने मान्छे नै सजिलै पाउंदैनथिए, एजेण्ट / सब एजेन्टहरूले यसैलार्इ मौका बनार्इ चौका, छक्का हान्थे, अहिले ५ जनाको राम्रो डिमाण्ड नेपाल पुग्दा ५०औं जनाको लाइन लाग्छ । नराम्रा डिमाण्डमा भने अझै पनि कामदार खोज्नुपर्ने अवस्था नै छ । सरकारले बढी रकम तिरेर बिदेश नजान भने पनि कामदारहरू मजबुर (बिवस) हुन्छन र तिरेको चर्को रकमको रसिद भर्पार्इ माग्न समेत सक्दैनन, मागे पनि १० हजार भन्दा बढीको पाउंदै पाउंदैनन, धेरैले भन्छन, मान्छन – रसिद पाउने कामदारहरूको यो हक छिन्ने सरकार स्वयम नै हो !

सरकारको फ्रि भिषा फ्रि टिकटको निर्णयले निरन्तर लोप्पा खांदै आयो, लागू हुनै नसकेको यो सरकारी निर्णयलार्इ स्वयम पुर्ब श्रम मन्त्री दिपक बोहराले मलेशिया भ्रमण पछि सार्बजनिक गर्दा वहांको अनुहारमा थोरै पनि लज्जाबोध र लाचारी देखिएन, शायद त्यो असफलताको अपजस वहां पुर्ब श्रम मन्त्री टेक बहादुर गुरूङलार्इ दिन तयार हुनुहुन्थ्यो ।

औपचारिक डिमाण्डहरूमा आएको ह्राससंगै मानव तस्करी नयां ढंगमा बढेको छ । बिशेषतः युएर्इको दुबर्इलार्इ अन्तराष्ट्रिय मानव तस्करीको अखाडा (Hub) बनाउंदै भिजिट भिषाको कालोबजार यतिखेर उत्कर्षमा छ । बिभिन्न आश्वासन र प्रलोभनमा जनही रू. ५ लाखसम्ममा नेपाली युवा युवतिहरू यहां ल्याएर बेचिने गरेका छन ।

औपचारिक डिमाण्डहरूमा ह्रास आउनुको मुख्य कारण नेपाल(सरकार)ले भाउ खोज्ने र रोजगारदातालार्इ तर्साउने अनि उता बंगलादेशले चैं रोजगारदाताहरूलार्इ फकाउनु र आंफूतिर तान्नु पनि हो । न्युयोर्कको ज्याक्शन हार्इटदेखि मलेशिया र अरबका गल्ली गल्लीमा धेरै ठाउंमा नेपाली भर्सेज बंगाली देखिन थालेका छन । बंगलीहरू साउदी अरबमा करीब १ दशकदेखि प्रतिबन्धित जस्तै थिए तर अहिले पुनः बंगलादेशलार्इ खोलिएकाले साउदी रोजगारदाताहरू धमाधम बंगालीहरू लिन त्यता जान थालेका छन । मुलुकको अर्थतन्त्र नै डामाडोल बनेको बर्तमानमा कम्पनीलार्इ जसो तसो चलाउन कम तलब र उल्टो कमिशन समेत आउने भए कै कारण आर्थिक राहतका लागि पनि साउदी रोजगारदाताहरू नेपाली छोडेर बंगलादेश जान थालेका छन । साउदी रोजगारदाताले एउटा नेपाली रिक्रुट गर्दा ३ हजार रियाल खर्च हुने तर एउटा बंगाली रिक्रुट गर्दा उल्टो कम्तीमा ६ हजार रियाल कमिशन आउने अनि तलब पनि नेपालीको भन्दा बंगालीलार्इ निकै कम दिए हुने भएपछि एउटा रोजगारदाता जसका लागि बिजनेश र नाफा (बचत) प्रधान हुन्छ, ले उपरोक्त निर्णय गर्नु स्वाभाविक हुन जान्छ । उदाहरणका लागि एउटा फ्रेस नेपाली इञ्जिनियरको शुरूवाती बेशिक तलब नै कम्तिमा ५,३०० रियाल हुनुपर्छ, क्रेन अपरेटरको २,५०० रियाल हुनुपर्छ भने बंगाली इञ्जिनियर र अपरेटरको न्युनतम तलब क्रमशः २,५०० र १,२०० रियाल मात्र छ (संलग्न फोटोहरूमा हेर्न सकिन्छ) । यद्यपी तलब सुविधा भनेको स्वयम श्रम बजारले निर्धारण गर्छ, केही नेपाली नेता र सरकारले बुझेको जस्तो यो सरकार (त्यो पनि नेपाल सरकार) बाट नियन्त्रित हुन्न । त्यसैले त नेपालीहरू पेपर (करारनामा) मा बढी तलब लेखाएर आउंछन अनि यहां आएर कम पाउंछन भने बंगालीहरूको दूतावासले न्युनतम तलब नतोकेको या अति नै न्युन भए पनि साउदी आउंदा श्रम बजारमा चालु तलब सुविधा नै पाउंछन । बंगालीहरूले जे पाउंछन, त्यही नै करारमा लेखिन्छ, नेपालीहरूको भने करारमा एकथरी अनि यथार्थ (अर्को करार) मा अर्कोथरी (फरक) लेखिन्छ र नक्कली (ढोंग) नै चल्छ, अद्यापि चलिरहेको छ ।

यस्तो ढोंगी नक्कली, झुठ्ठा काम कारोबारको अब समूल अन्त्य हुनुपर्दछ । सर्वप्रथम यथार्थ चलन चल्तीको कारोबारलार्इ जस्ताको तस्तै डकुमेन्टेड गर्न जरूरी छ अर्थात पूर्ण पारदर्शिता, नियमन, जिम्मेवार र जबाफदेही ढंगमा बैदेशिकर रोजगार चल्नसक्नुपर्यो । शुभम्

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:२० मा प्रकाशित

प्रकृतिसँग मानव सम्बन्ध

प्रकृतिसँग मानव सम्बन्ध

१. पृष्ठभूमि विश्व ब्रह्माण्डमा देखिने, नदेखिने, सजीव, निर्जीव, चल, अचल,...

नेपालमा खाद्य तथा पोषण सुरक्षाको चुनौती

नेपालमा खाद्य तथा पोषण सुरक्षाको चुनौती

१. पृष्ठभूमि नेपालको लागि कृषि जनजीविकाको प्रमुख आधार हो ।...

नेपालबाट चीनमा भैंसी मासु निकासी : सम्भावना, चुनौती, र रणनीतिहरू

नेपालबाट चीनमा भैंसी मासु निकासी : सम्भावना, चुनौती, र रणनीतिहरू

नेपाल कृषि प्रधान देश हो, जहाँ पशुपालनले विशेष भूमिका खेलेको...

जलवायु परिवर्तन र यसको असर

जलवायु परिवर्तन र यसको असर

१. पृष्ठभूमि जलवायु परिवर्तनलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र प्राकृतिक...

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...