back

दसैँको छ दिनमै ५३ जनामा डेङ्गु

वि.सं.२०७३ कात्तिक १ सोमवार

420 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 १ कात्तिक, रत्ननगर (चितवन) । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो ।

भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले आज जानकारी दिनुभयो ।

असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिनुभयो ।

अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । “चितवनमा समग्रमा देखिएको डेङ्गु रोगको सङ्क्रमणमध्ये ८० प्रतिशत रत्ननगरको बजार क्षेत्रमा छ,” केसीले भन्नुभयो – नियन्त्रण अभियान भने जारी राखेका छाँै ।”

दसैँको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन ।

“लामखुट्टे मार्न स्प्रे गर्ने र खोजेर नष्ट गर्ने उपाय छन्, स्प्रे गर्दा जनस्वास्थ्यमै असर पर्छ, त्यसकारण उत्तम उपाय भनेकै सर्वसाधारण आफैँ नै सचेत हुने र भाँडोमा जमेको पानी नष्ट गरी सरसफाइ गर्ने नै हो,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने भन्नुहुन्छ ।

बर्सेनि पानी जम्न नदिन भनेर सचेत गराउँदासमेत कतिपय स्थानमा अटेर गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोज र नष्ट गर अभियानका क्रममा समेत पटक पटक एकै घरमा लामखुट्टेका लार्भा फेला पार्नुले यो तथ्यलाई पुष्टि गर्छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यसले कुनै पनि भाँडामा जमेको सफा पानीमा बच्चा हुर्काउँछ । यसको खास उपचार पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
छजना बालिकाको गेष्टहाउसबाट उद्धार

छजना बालिकाको गेष्टहाउसबाट उद्धार

काठमाडौँ । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ...

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति...

दुई लाख भन्दाबढी भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

दुई लाख भन्दाबढी भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

फुङ्लिङ (ताप्लेजुङ) । एक वर्षको अवधिमा दुई लाख ३१ हजार...

दुई सातापछि कालीगण्डकी करिडोर सञ्चालनमा

दुई सातापछि कालीगण्डकी करिडोर सञ्चालनमा

ढोरपाटन (बागलुङ) । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको...

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-५ फलाम डाँडामा चितुवाको आक्रमणबाट...